२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीमा पनि पदाधिकारीको सकस, को-को बन्दै छन् पदाधिकारी ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सम्मेलनबाट महाधिवेशनमा रुपान्तरण भएको नेकपा (माओवादी केन्द्र)को मूल कमाण्ड र सहायक कमाण्ड कसले सम्हाल्दै छन् भन्ने यतिबेला चासो सर्वत्र छ ।  

पार्टीको लाइन प्रचण्डपथ त्यागेको घोषणा गरेको माओवादीको पार्टी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डले नै निरन्तरता पाउने पक्का भएपनि अन्य पदहरुका लागि नेताहरुले आआफ्नो तर्फबाट लबिङ तिब्र बनाएका छन् ।

बहुपदीय प्रणालीमा जाने भएपछि धेरै नेताहरुको व्यवस्थापन हुने भएपनि प्रमुख पदका लागि नेताहरुले आफ्नो तर्फबाट अध्यक्ष प्रचण्डलाई कुरा पुर्याइरहेका छन् । यस अगाडि सचिवालयमा रहेका एक सदस्यले न्यूजपोलारसँग भन्नुभयो,  एक वरिष्ठ सहित ७ उपाध्यक्ष हुने भएपछि धेरै आकाँक्षीहरु त्यतै व्यवस्थापन हुने अवस्था छ ।  

उहाँले भन्नुभयो, सम्भवत वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन, हरिबोल गजुरेल, लिलामणी पोखरेल, मातृका यादव, पम्फा भुसाल, गिरिराजमणि पोखरेलहरु मध्येबाट नै अध्यक्षले जिम्मेवारी दिनु हुनेछ ।  

यसैगरी महासचिवमा जनार्दन शर्माको सम्भावना प्रबल रहेको पनि उहाँले बताउनुभयो । चीनमा उपचार गराइरहनु भएका नेता वर्षमान पुनलाई सम्मानका खातिर उपाध्यक्षको पद दिएर शर्मालाई महासचिव बनाउने प्रचण्डको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

उपाध्यक्षमा व्यवस्थापन गर्न नसकिएका केही नेताहरु मध्ये एकले कोषाध्यक्षको र अन्यले उपमहासचिवको भूमिका पाउने छन् ।  

समावेशितालाई पनि ध्यान दिनुपर्ने कारण गणेश साह, परशुराम तमाङलाई पनि पदाधिकारीमा समेट्नु पर्ने दबाब अध्यक्ष प्रचण्डमाथि छ ।  

सचिवमा देबेन्द्र पौडेल, शक्ति बस्नेत, हितमान शाक्य  लगायतका नेताहरुको बारेमा छलफल भएको छ ।