४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व

भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व
अ+ अ-

काठमाडाैँ । वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व आज भक्तपुरमा धुमधामका साथ मनाउँदैछन । विजयको हर्षोल्लासको रुपमा एक आपसमा रङ दलेर खुसी साटासाट गरी मनाइने यो पर्व भक्तपुरमा बेग्लै परम्परागत शैलीमा मनाइन्छ ।

दिल खोलेर नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैभित्र हराउने पर्व तथा तनमन रङगाउने पर्वको रुपमा प्रचलित फागुपर्वलाई भक्तपुरमा विशेषगरी यौन रसयुक्त गीत गाउँदै स्थानीय धिमे बाजा खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरु आर्दशस्थित भिं द्यो(परदेशी भिमसेन) मन्दिर गएर समेबजी खाई एकापसमा अविर दलेर मनाउने गर्दछ । भक्तपुरमा फागु पर्वको सुरुवात नै अन्यत्रभन्दा भिन्न हुन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी चीर गाडेपछि फागु पर्व सुरु भएको मानिन्छ । तर भक्तपुरमा फागु पर्व सुरु भएको जनाउ दिन दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा रहेको पाटीमा पुरुष जननेन्द्रीयको प्रतीक काठको लिङ्ग र स्त्री जननेन्द्रीयको प्रतीक कपडाको योनीलाई समागमको आकृतिमा राखेर प्रदर्शन गरिन्छ । सोही दिनदेखी सो पाटीमा भिमसेन गुठीका गायजुहरुले ‘भिमसेन देया लज्ज खङ लो वानला ! बिस्यूवाने म्वायक सो झायला !’ अर्थात ‘भिमसेनको लिंगले देखेर लोभियो कि ! भाग्नु नपर्ने गरी हेर्न आउनु भयो कि !’ बोलको यौनरस युक्त गीत गाउँदै बटुवाहरुलाई मनोरञ्जन दिने गर्दछ ।

तचपाल भिमसेन मन्दिरको पाटीमा समागमको आकृतिमा प्रर्दशनमा राखिएको पुरुष जननेन्द्रीयको प्रतीक काठको लिङ्ग र स्त्री जननेन्द्रीयको प्रतीक कपडाको योनीलाई द्धापर युगका भिमसेन र द्रौपदी समागमको रूपमा लिइन्छ । झट्ट हेर्दा यसले अश्लीलताको झलक दिएपनि कुनै सञ्चारमाध्यम नभएको समयमा त्यतिबेला देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको प्रस्ट हुन्छ । शारीरिक सम्बन्ध राख्ने तरिका सबै मानिसले बुझुन् अनि यसलाई अश्लील र छाडा सिकाइको भान नपरोस् भनेर भीमसेन र दौपदीको समागमको रूपमा यौन शिक्षा दिइएको संस्कृतिकर्मीहरु बताउँछन ।

फागुपर्वलाई विशेषगरी नेवारी समुदायमा यौन र महिला लक्षित पर्वको रुपमा लिने गरिन्छ । फागुका परम्परागत लोकभाका, गितसंगीत यौनसँग सम्बन्धित रहेका छन् । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फुलहरु फुल्न थालेसँगै मानिसको मन मष्तिस्कमा समेत एक खालको तरंग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविदहरुको भनाई रहेको छ । वसन्त ऋतुको आगमनसँगै रुख बिरुवामा नयाँ पालुवा आउने र त्यससँगै मानिसमा कामवासना जागृत हुने समय भएकाले फागुपर्वमा यौनरसयुक्त गित प्रचलनमा आएको संस्कृतिविद् हरिशरण राजोपाध्यले बताए। “कृषि पेशामा संलग्न उपत्यकावासी बसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र मानिस फुसर्दमा मनोरञ्जनतर्फ आकृषित हुने तर तत्कालिन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीहरुको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौनरस युक्त संगित गुञ्जने गरेको हो,” राजोपाध्यले भने।

फागुमा यौनरस युक्त गीत संगित गुञ्जने कारण कसै कसैले यस पर्वलाई अस्लिल पर्वको रुपमा चित्रण गर्ने प्रयास गरेको पाईएपनि फागुलाई विशुद्ध जिवन्त साँस्कृतिक पर्वको रुपमा लिनुपर्ने राजोपाध्यले बताए । फागुपर्वले मानिसमा विद्यमान भेदभावको अन्त्यको सन्देश दिने उल्लेख गर्दै संस्कृतिकर्मी धौभडेलले केटाकेटी, युवा युवती, सबै जातजाती फागुको रंगमा रंगिने र सबैले खुसीको रंग साटासाट गर्ने भएकाले यो चाड समावेशी चाड समेत भएको बताए ।

यसैगरी अर्का संस्कृतिविद् एवम् ईतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले प्राचिनकालदेखी नै समाज पुरुष प्रधानको रुपमा विकास भएसँगै महिलालाई यौनको प्रतिकका रुपमा लिने र महिलालाई यौन चाहना पुरा गर्ने साधनको रुपमा लिने प्रवृत्ति विकास भएकाले फागुमा महिला लक्षित गित संगित गुञ्जने गरेको बताए । उनले फागुपर्वलाई प्रेम दिवसको रुपमा लिने प्रचलन भएकाले फागुमा यौनरस र प्रेमरसका गित गाउने प्रचलन रहेको बताए ।

फागु पूर्णिमाको दिन युवाहरू आफूले मन पराएको केटीको आँगनमा गई महिला लक्षित गीतमार्फत प्रेम प्रस्ताव राख्छन् । त्यसरी राखेको प्रेम प्रस्ताव केटीले स्वीकार गरेमा अबिर गालामा दल्न दिन्छन् र मन नपराएमा टाढाबाटै अबिर छर्केर युवाहरू चित्त बुझाउँछन् । भक्तपुरको तचपाल टोलमा गाडिने चीरसँगै भिमसेनको लिङ्गको प्रतिक काठको लिङ्ग प्रदर्शनमा राखिनुले पनि फागु महिला केन्द्रीत पर्व भएको पुष्टि हुने श्रेष्ठले बताए ।

फागु पूर्णिमाको दिन भीमसेनको लिङ्ग बोकेर ब्रह्मायणी नदीमा लगेर धुने र पुनः तचपाल भिमसेन मन्दिरमा पुर्याएपछि भक्तपुरमा फागु विधिवत रुपमा सम्पन्न हुन्छ । भीमसेनको लिङ्ग बोकेर ब्रह्मायणी नदीमा लगेर धोए छोरा जन्मिने जनविश्वास छ । यही विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा नै हुने गर्छ । विशेषगरी वसन्त पञ्चमीदेखि होलीसम्म विवाहको लगन हुन्छ । यस अवधिमा नवविवाहितहरूलाई समागम गर्ने तरीका सिकाइ यौनउमङ्ग जगाउने र यौनाङ्ग सफा राख्नुपर्छ भन्ने शिक्षा संस्कृतिमार्फत दिन खोजेको देखिन्छ ।

युगौंदेखि मनाइँदै आएको फागुपर्वलाई अहिलेका युवा पुस्ताले पर्वको महत्व बुझ्न नसक्दा समाजमा फागुपर्व सामाजिक विकृतिका रुपमा देखिन थालेको छ । उमेर, लिङ्ग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रङ्गी विरङ्गी रङ्ग एक आपसमा लगाएर वातावरणलाई नै रङ्गमय बनाई हर्सोल्लासका साथ मनाइने फागुपर्वलाई युवापिढीले गरिने उत्श्रृङ्खल क्रियाकलापका कारण त्रासको पर्वको रुपमा परिणत भएको प्रा.डा श्रेष्ठले बताए । फागुन शुक्ल पूर्णिमाको साँझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गुलाबको फूल, अत्तरसहित पूजा गरेपछि नगर परिक्रमा गर्ने प्रचलन छ । त्यसबेला टोल टोलमा रहेको देवीदेवतालाई तेलमा मुछेको अबिरको डल्लाले छरी साँझ परेपछि दत्तात्रय मन्दिर पु¥याउने प्रचलन रहिआएको छ ।