५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्रहरूलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाइएको जनाएको छ ।

आयोगका अनुसार अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी तथा यौनिक अल्पसङ्ख्यक मतदाताले सहज रूपमा मतदान गर्न सक्ने गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदानबाट कुनै पनि मतदाता वञ्चित नहोस् भन्ने उद्देश्यका साथ केन्द्रदेखि जिल्लासम्म अनुगमन अधिकृत खटाइएको जानकारी दिइन् । उनका अनुसार सूक्ष्म अनुगमनको समेत व्यवस्था गरिएको छ ।

उनले कुनै पनि मतदान केन्द्रमा सबै मतदाताको सहज पहुँच सुनिश्चित गर्ने विषयमा आयोग दृढ रहेको उल्लेख गर्दै सोहीअनुसार मतदान स्थलको व्यवस्थापन गरिएको बताइन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी तथा यौनिक अल्पसङ्ख्यक मतदाताले लामो लाइनमा बस्न नपर्ने व्यवस्था मिलाइएको र उनीहरूलाई प्राथमिकताका आधारमा तत्काल मतदान गर्न दिइने स्पष्ट पारिन्।

आयुक्त तुलाधरले आम मतदातालाई सहज ढंगले मतदान गर्न पाउने वातावरण निर्माण गर्न आयोगले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्।




भर्खरै