१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु, १०० भन्दा बढी घाइते



अ+ अ-

काठमाडौँ। पाकिस्तानमा आईतवार अमेरिका–विरोधी प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको छ । अन्य १०० भन्दा बढी घाइते भएका छन् ।

कराचीमा प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दुतावास बाहिर प्रहरीसँग झडप गरेका थिए । प्रदर्शनकारीहरू दुतावास परिसरभित्र प्रवेश गर्न खोजेपछि सुरक्षा बलले कारबाही गरेको रेस्क्यु ११२२ सिन्धकाअनुसार बताइएको छ ।

घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पु¥याइएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको रेस्क्यु ११२२ सिन्धका प्रवक्ता हसन उल हसीवले बताउनु भयो ।

अमेरिकी दुतावास इस्लामाबादले विज्ञप्ति जारी गर्दै कराची र लाहोरका वाणिज्य दुतावासहरू तथा इस्लामाबादको दुतावास र पेशावरको वाणिज्य दुतावासमा सम्भावित प्रदर्शनहरूको निगरानी गरिरहेको जनाएको छ ।

यसले पाकिस्तानमा रहेका अमेरिकी नागरिकहरूलाई स्थानीय समाचारहरूको निगरानी गर्न, आफ्नो वरपर सजग रहन, भीडभाडबाट टाढा रहन र दर्ता अद्यावधिक राख्न सल्लाह दिएको छ ।

यी प्रदर्शनहरू इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्या पछिको प्रतिक्रियाका रूपमा भएका हुन् । शनिवार अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा तेहरानमा खामेनेईको हत्या भएको थियो ।

लाहोरमा सयौं कार्यकर्ताहरू अमेरिकी वाणिज्य दुतावास बाहिर जम्मा भएका थिए । जहाँ प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।इस्लामाबादमा अधिकारीहरूले सेक्सन १४४ लागू गरेका छन् ।

जसले सबै प्रकारका भेलाहरूमा प्रतिवन्ध लगाएको छ र उल्लङ्घनकर्ताहरूमाथि कडा कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।-सिन्ह्वाको/ न्युज एजेन्सी नेपाल