२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक



अ+ अ-

म्याग्दी। म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ ।

नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णीमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।

फागुपूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष सुन्दरमान शेरचनले बताउनुभयो ।

‘‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पित्रीलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ,’’ उहाँले भन्नुभयो ‘‘आफन्तहरुलाई बोलाएर मिठामिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।’’

मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीय आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिगारपटार गरेका छन् ।

तोरन्ल्ह पर्वको अवसरमा थकाली समुदायका पुरुष परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् । महिला भने मौलिक वेषभूषामा सजिएर नाचगान गर्ने, गोटा खेल्ने र शुभकामना साटासाटा गरेर तोरन्ह मनाउँछन् । थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा बेनीमा आइतबारदेखि तारो हान्ने प्रतियोगिता सुरु भएको छ ।

यस वर्ष चुनावको समय भएकाले निर्वाचन आचारसंहिताको पालना गरेर थकाली समुदायका सदस्य मात्र भेला भएर तोरन्लह पर्व मनाउन लागिएको थकाली सेवा समितिका शङ्करमान शेरचनले बताउनुभयो । रासस