१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह



अ+ अ-

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार, यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहानसम्म देशभर कुल २३ वटा विपद्का घटना घटेका छन् । त्यसमध्ये २२ वटा घटना आगलागीसँग सम्बन्धित थिए । एउटा मात्रै पहिरोको घटना थियो ।

सामान्य सावधानी अपनाउँदासमेत जोगिन सकिने आगलागीका कारण धनमालको क्षति भएको प्राधिकरणले जनाएको छ । विपद्मा परेर एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । विपद्का कारण रु ५२ लाख ४५ लाख बराबरको क्षति भएको छ ।

प्राधिकरणका अनुसार, पाँचथर, झापा, मोरङ, सुनसरी र धनकुटामा आगलागी भएका छन् । यस्तै, सप्तरी, धनुषा, पर्सा र कैलालीका दुई स्थानमा आगलागीका घटना हुँदा सर्लाही, धनुषा, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ, गोरखा, लम्जुङ, पाल्पा र प्यूठानका एक–एक स्थानमा आगलागी भएका छन् ।

बिजुलीको तार सर्ट भएको तथा दियो बालेर त्यत्तिकै छाडेका कारण आगलागी भएको जनाइएको छ । हिउँदमा सुक्खा बढी हुनाले आगलागीका घटनामा वृद्धि हुने हुँदा विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार यही फागुन १६ गते कुल आठवटा विपद्का घटनामध्ये सातवटा आगलागीका मात्रै थिए । फागुन १५ गते प्राधिकरणमा दर्ता भएका कुल १९ वटा घटनामध्ये १७ वटा घटना आगलागीका थिए । यस आधारमा देशभर आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । रासस