३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसेज शृंखलाः इङल्यान्डको लज्जास्पद हार, अस्ट्रेलियाद्वारा शृंखला कब्जा



अ+ अ-

मेलबोर्नः अस्ट्रेलियाको मेलबोर्नमा जारी तेस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियासामु इङल्यान्डको लज्जास्पद पराजय भएको छ ।  

मेलबोर्न क्रिकेट मैदानमा सम्पन्न खेलमा इङल्यान्ड तेस्रो दिनको पहिलो सत्रमै अलआउट भएपछि अस्ट्रेलियाले सहजै एक इनिङ र १४ रनले खेल जितेको हो ।

इङल्यान्डको दोस्रो पारि ६८ रनमै समेटिएको थियो । दोस्रो दिन ४ विकेट गुमाएर ३१ रन बनाएको इङल्यान्डले तेस्रो दिन ६ विकेटको क्षतिमा ३७ रन बनाएर सबै विकेट गुमाएको थियो ।

इङल्यान्डका लागि कप्तान जो रुटले सर्वाधिक २८ रन बनाएका थिए । इङल्यान्डको पारि ध्वस्त बनाउनेक्रममा अस्ट्रेलियाली बलर स्कट बोलान्डले ६ विकेट लिएका थिए भने मिचेल स्टार्कले ३ तथा क्यामरुन ग्रीनले १ विकेट लिएका थिए ।

यो जितसँगै पाँच म्याचको यस शृंखलामा लगातार तीन खेल जितेर अस्ट्रेलियाले कब्जा जमाएको छ ।

यसअघि दोस्रो दिनको खेल समाप्त हुँदा दोस्रो इनिङमा इङल्यान्डले चार विकेट गुमाएर ३१ रन मात्र बनाएको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङल्यान्डको पहिलो पारी १८५ रनमै समेटिएको थियो । पहिलो दिन ६५.१ ओभरमै इङल्यान्डको पारी समाप्त भएको थियो । इङल्यान्डका लागि कप्तान जो रुटले सर्वाधिक ५० रन बनाएका थिए ।

पहिलो दिन नै पारि शुरु गरेको अस्ट्रेलियाले पनि खासै उल्लेखनीय खेल प्रदर्शन गर्न सकेको थिएन । तैपनि अस्ट्रेलियाले सबै विकेट गुमाएर २६७ रन बनाएर ८२ रनको अग्रता लिएको थियो ।

अस्ट्रेलियाका ओपनर मार्कस ह्यारिसले सर्वाधिक ७६ रन बनाएका थिए । इङल्यान्डका बलरहरु जेम्स एन्डरसनले ४, ओल्ली रबिनसन र मार्क उडले समान दुई दुई तथा बेन स्टोक र ज्याक लिचले समान एकएक विकेट लिएका थिए ।

दोस्रो दिन दोस्रो इनिङ थालेको इङल्यान्डका लागि सुखद शुरुवात भएन । हासिब हमिद ७, ज्याक क्रलीले ५ र डाविड मलान एवं ज्याक लिच बिना रन बनाई आउट भएका थिए ।

खेल संक्षेप

अस्ट्रेलिया — २६७ रन (अल आउट)

इङल्यान्ड — १८५ रन (पहिलाे इनिङ), ६८ रन (दाेस्राे इनिङ)

अस्ट्रेलिया एक इनिङ र १४ रनले विजयी

 

यसअघि एडिलेडमा भएको पहिलो टेस्ट खेलमा अस्ट्रेलिया २७५ रनले विजयी भएको थियो भने ब्रिस्बेनमा भएको दोस्रो टेस्टमा पनि अस्ट्रेलिया ९ विकेटले विजयी भएको थियो ।

एसेज शृंखलामा दुई टिमबीच पाँच वटा टेस्ट खेल हुँदैछन् ।