८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छः उपसभापति शर्मा



अ+ अ-

भक्तपुर।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि अरुबाट नभइ आफँैबाट भ्रष्टाचारको छनबिन सुरु गर्ने बताउनुभएको छ ।

भक्तपुरको थिमिमा नेपाली कांग्रेसले आयोजना गरेको बृहत चुनावीसभामा बोल्दै उपसभापति शर्माले पार्टी सभापति गगनकुमार थापा मन्त्री हुँदा सम्पत्ति घट्यो कि बढ्यो भनेर होस् वा शेरबहादुर देउवाको सम्पत्ति घट्यो कि बढ्यो भनेर छानबिन आफ्नै पार्टीका नेताबाट सुरु गर्ने बताउनुभयो ।

भ्रष्टाचारमा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याएर देशलाई भ्रष्टचार मुक्त बनाउने बताउँदै उहाँले कोही अमूक व्यक्तिलाई प्रधानमन्त्री बनाउँदैमा देश बदलिन्छ भ्रममा नपर्न आग्रह गर्नुभयो ।

एउटा व्यक्तिले होइन, देश बदल्न टोली नै चाहिन्छ भन्दै उपसभापति शर्माले भन्नुभयो, “कोही अमूक व्यत्तिःलाई प्रधानमन्त्री बनाएर देश बदलिन्छ भन्ने होइन, गगन थापालाई प्रधानमन्त्री बनाउँदैमा देश बदलिन्छ भन्ने भ्रममा पनि हामी छैनौँ ।” उहाँले टिम बलियो भए मात्रै देश बदलिने बताउँदै कांग्रेससँग देश बदल्ने शक्ति र क्षमता रहेको बताउनुभयो ।

कार्यक्रममा नपाली कांग्रेसका केन्द्रीय सदस्य अष्टकुमार कवेँ, भक्तपुर जिल्ला सभापति दूर्लभ थापा, भक्तपुर क्षेत्र नं २ का कांग्रेस उम्मेवार कविर राणालगायतले जनताले परिवर्तनको महसुस नेपाली कांग्रेसले मात्रै गर्न सक्ने बताउनुभयो ।रासस