१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबिच कर्मचारी उपदान तथा अवकाश कोष सञ्चालन सम्झौता



अ+ अ-

काठमाडौं । नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच कर्मचारी उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

आइतबार सम्पन्न सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र एक्सेल डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अब एक्सेल डेभलपमेन्ट बैंकमा कार्यरत कर्मचारीहरूको अवकाशसम्बन्धी उपदान तथा अन्य सुविधा रकमको व्यवस्थापन नागरिक लगानी कोषले गर्नेछ। यसले बैंकका कर्मचारीहरूको भविष्य सुरक्षित बनाउने विश्वास लिइएको छ।

हाल एक्सेल डेभलपमेन्ट बैंकमा करिब ३०० जना कर्मचारी कार्यरत रहेका छन्। बैंकले प्रदेशस्तरीय कार्यालयमार्फत आठ जिल्लामा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। उक्त सम्झौताले बैंकका कर्मचारीहरूलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नुका साथै संस्थागत व्यवस्थापनलाई समेत थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।