४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

अबको ५ वर्ष सरकार बनाउने धन्दा होइन, परिणाम दिने समय हुनुपर्छः गगन थापा

अबको ५ वर्ष सरकार बनाउने धन्दा होइन, परिणाम दिने समय हुनुपर्छः गगन थापा
अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको राजनीति अब सरकार बनाउने र टिकाउने फोहोरी खेलबाट बाहिर निस्कनुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आगामी ५ वर्षको समयलाई ‘परिणामको समय’ बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिक नेतृत्वको सम्पती छानबिनदेखि मध्यम वर्गलाई आर्थिक राहत दिनेसम्मका महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्दै काँग्रेसले अबको निर्वाचनपछि सुशासनको नयाँ मानक स्थापित गर्ने दाबी गर्नुभयो । थापाले विगतका वर्षहरूमा सरकार बनाउने र टिकाउने धन्दामा सबै दलहरू अल्झिएको स्वीकार गर्दै अबको संसदले जनताको वास्तविक समस्या सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

‘३२ सिट हुनेलाई पनि प्रधानमन्त्री चाहिने र थोरै सिट हुनेलाई पनि गृहमन्त्री नै चाहिने प्रवृत्तिले देश विकास हुन सकेन ।’ उहाँले भन्नुभयो, ‘अबको ५ वर्ष हामी एक क्षण पनि खेर नफालिकन सुशासन र विकासका लागि सदुपयोग गर्न चाहन्छौँ ।’

शक्तिशाली सम्पती छानबिन आयोगको प्रश्ताव

सभापति थापाले सुशासनका लागि काँग्रेसको स्पष्ट प्रश्ताव रहेको उल्लेख गर्दै सरकार बनेको पहिलो हप्तामै शक्तिशाली सम्पती छानबिन आयोग बनाउने घोषणा गर्नुभयो । उहाँले यो छानबिनको शुरुवात आफ्नै पार्टीका सभापति र आफैँबाट हुने बताउनु भयो ।

‘छानबिन कहाँबाट शुरु हुन्छ ? पहिलो नम्बरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हुन्छ, दोस्रोमा गगन थापाको हुन्छ । जब हामी आफ्नै नेताहरूको छानबिन गर्छौं, तब मात्र केपी ओली वा प्रचण्डको सम्पती छानबिन गर्ने नैतिक बल पुग्छ ।’

उहाँले राजनीतिक र आर्थिक भ्रष्टाचार गर्ने जोकोहीले पनि दण्ड पाउनुपर्ने र यसका लागि काँग्रेसले कुनै सम्झौता नगर्ने दृढता व्यक्त गर्नुभयो ।

आर्थिक क्रान्तिः १० लाखसम्मको आम्दानीमा कर छुट

देशको अर्थतन्त्र सुस्ताएको र बजारमा विश्वास डगमगाएको भन्दै थापाले मध्यम वर्गलाई चलायमान बनाउन नयाँ आर्थिक प्रश्ताव अघि सार्नुभयो । उहाँले वार्षिक १० लाख रुपैयाँसम्म कमाउने नेपालीले एक रुपैयाँ पनि कर तिर्नु नपर्ने व्यवस्था गर्ने संकल्प गर्नुभयो ।

‘जब मध्यम वर्गको खल्तीमा पैसा बच्छ, तब मात्र उसले खर्च गर्ने आँट गर्छ र बजार चलायमान हुन्छ ।’ उहाँले भन्नुभयो । बैंकहरूमा पैसा थुप्रिए पनि लगानी हुन नसकेको अवस्थालाई चिर्न यो कदम कोशेढुङ्गा सावित हुने उहाँको विश्वास छ । साथै, उहाँले स्वास्थ्य उपचारका लागि खल्तीबाट पैसा तिर्नु नपर्ने गरी बिमा प्रणालीलाई प्रभावकारी बनाउने योजना पनि सुनाउनु भयो ।

निर्वाचनको अर्थः ‘आमा हार्न दिनुहुन्न’

फागुन २१ को निर्वाचनलाई थापाले भावनात्मक र जिम्मेवारीपूर्ण रूपमा व्याख्या गर्नुभयो । उहाँले भाद्र २३ को घटनामा छोरा गुमाएकी आमाको प्रसङ्ग निकाल्दै यो निर्वाचनले ती आमालाई न्याय दिनुपर्ने बताउनु भयो ।

‘चुनावमा पार्टीहरूले जित्ने वा हार्ने कुरा गौण हो, तर छोरा गुमाएकी त्यो आमा यो चुनावमा हार्नुहुन्न ।’ उहाँले भन्नुभयो । युवाहरु जुन कारणले सडकमा आएका थिए, त्यसको सम्बोधन अबको ५ वर्षभित्र हुन सकेन भने लोकतन्त्र र राजनीतिको अर्थ नरहने उहाँको तर्क थियो ।

पुरानो र नयाँको परिभाषाः मूल्य र मान्यताको रक्षा
पछिल्लो समय राजनीतिमा ‘नयाँ’ र ‘पुरानो’ बीच भइरहेको बहसलाई चिर्दै थापाले काँग्रेस पुरानो मूल्य र मान्यता बोकेको तर नयाँ युगको चेतना भएको पार्टी भएको दाबी गर्नुभयो ।

‘प्रत्येक नयाँ आफैँ पुरानो हुन्छ, तर हामी हाम्रा संस्थापक नेताहरूले स्थापना गरेका मूल्य र मान्यतालाई अझ दर्रोसँग बोक्छौँ । उहाँले भन्नुभयो ।

उहाँले उत्तेजना र घृणाको राजनीतिले मुलुकलाई कतै नपु-याउने भन्दै काठमाडौं सधैँ सत्य र न्यायको पक्षमा उभिने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यकर्ताहरूलाई ‘एक व्यक्ति, १० नयाँ सम्पर्क’ को अभियान चलाउन र कांग्रेसको संकल्प घर–घर पु¥याउन निर्देशन समेत दिनुभयो ।

– न्युज एजेन्सी नेपाल