२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्सिङ स्वर्ण विजेता पुरस्कृत



अ+ अ-

काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका स्वर्ण विजेता खेलाडीलाई पुरस्कृत गरिएको छ । युके बस्दै आएका पूर्व बक्सिङ खेलाडी कुश बस्नेतको सहयोगमा स्वर्ण विजेता ३ खेलाडीलाई सम्मान गरिएको हो । नेपाल बक्सिङ संघको सहयोगमा कार्यक्रमको संयोजन वरिष्ठ बक्सिङ प्रशिक्षक ओमकुमार मास्केले गरेका थिए । बस्नेतले मास्के मार्फत नै पुरस्कार रकम पाठाएका हुन् । सागको बक्सिङ २ पुरुष र १ महिला खेलाडीले नेपाललाई स्वर्ण दिलाएका थिए ।

पुरुष ६० केजीमा सनिल शाही र ६४ केजीमा भुपेन्द्र थापाले स्वर्ण जितेका थिए । महिला ५४ केजीमा मिनु गुरुङले स्वर्ण जितेकी थिइन् । खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरियो । सोही अवसरमा बक्सिङका रजत र कांस्य विजेतालाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रमेशकुमार सिलवाल, राखेपका सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुन केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले खेलाडीलाई पुरस्कृत गरे ।

सो अवसरमा सदस्य-सचिव सिलवालले पुरस्कार राशीलाई सानो/ठूलो भनेर तुलना गुर्न भन्दा पनि खेलाडीलाई सम्झनु मुख्य कुरा भएको धारणा व्यक्त गरे । ‘पुरस्कार राशी सानो होस् वा ठूलो । त्यसको मतलब हुन्न । विदेशमा बसेर पनि आफ्नो लगाव भएको खेलका पदक खेलाडीलाई बस्नेतजी (कुश) ले सम्झिए। त्यो महत्वपूर्ण कुरा हो ।’ सदस्य-सचिव सिलवालले भने, ‘विदेशमा बस्ने थुप्रै पूर्व खेलाडीहरु हुनुहुन्छ । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने हो भने पुरस्कार राशी पनि ठूलै हुन्छ ।’

सदस्य-सचिव सिलवालले खेलाडीले पाउनु पर्ने सागको पुरस्कार चाँडै दिन आफूले पहल गरिरहेको जानकारी दिए। बक्सिङ संघका अध्यक्ष अवालेले खेलाडीलाई पुरस्कार प्रदान गरेकोमा बस्नेतलाई धन्यवाद दिदै बक्सिङका रजत र कांस्य विजेतालाई पनि चाँडै पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाए ।