२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको शानदार जित



अ+ अ-

ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित हात पारेको छ । बिहिबार घरेलु मैदान एनफिल्डमा लिभरपुलले सेफिल्ड युनाईटेडमाथि २–० को सहज जित निकालेको हो । लिभरपुललाई निरन्तर जित दिलाउन साडियो माने र मोहमद सलाहाले एक एक गोल गरेका थिए । मोहमद सलाहाले चौथो मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

साडियो मानेले ६४ औ मिनेटमा लिभरपुलका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।शीर्ष स्थानको लिभरपुलले २० खेलबाट ५८ अंक बनाएको छ । उसले लिगमा १३ अंकको अग्रता लिएको छ । लिभरपुल अपराजित रहँदै बर्षभरी लिग तालिकाको शीर्ष स्थानमा रह्यो । उसले लिगको सम्भावित ६० अंकमा मात्र दुई अंक गुमायो ।

दोस्रो स्थानको लेस्टरको ४५ अंक छ । तेस्रो स्थानको म्यान्चेष्टर सिटीको ४४ अंक छ । नयाँ बर्षको सुरुवातमा दुवै टिमले जित दर्ता गरेका थिए । सेफिल्ड २९ अंक सहित तालिकाको आठौं स्थानमा छ ।