९ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा कुलमान घिसिङलाई समर्थन घोषणा



अ+ अ-

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी, गोकर्णेश्वर नगर कार्यसमितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई समर्थन गर्ने निर्णय गरेको छ।

नगर समितिले मुलुकको आर्थिक समृद्धि, सुशासन र उज्यालो भविष्यका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै काठमाडौं निर्वाचन क्षेत्र नं. ३ मा घिसिङलाई समर्थन गर्ने जनाएको हो। साथै, पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता र शुभेच्छुकलाई चुनावी प्रचारप्रसारमा सक्रिय सहभागी हुन र “बल्ब” चुनाव चिन्हमा मतदान गरी कुलमान घिसिङलाई विजयी गराउन अपिल गरेको छ।

समर्थन सम्बन्धी उक्त निर्णय नगर समितिका अध्यक्ष नीर कार्की (रवि), उपाध्यक्ष सुनिल लामा र सचिव तारानाथ पुरीले संयुक्त रूपमा सार्वजनिक गरेका छन्।