२४ श्रावण २०८३, आईतवार
,
Latest
‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रश्ताव उच्च आर्थिक वृद्धिको लागी नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष डा. भट्ट रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता विश्व आदिवासी दिवसमा सांस्कृतिक झाँकी- फोटो फिचर रास्वपा सांसद ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको कटाक्ष : जसको मनमा हरि छैन उसको… तनहुँमा आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे धर्मको खेती र भ्रम सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व र खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति अस्थायी रूपमा स्थगन



अ+ अ-

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्व तथा खाडी क्षेत्रमा विकसित विषम परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि दिइने श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गरेको छ।

मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागले  जारी गरेको सूचनाअनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की तथा इजरायललगायत देशहरूमा वैदेशिक रोजगारीका लागि प्रदान गरिँदै आएको व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति अर्को निर्णय नहुँदासम्म रोकिएको हो।

फागुन १७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार उक्त देशहरूमा जान चाहने श्रमिकका लागि वैदेशिक रोजगार विभाग तथा अन्तर्गतका निकायबाट प्रदान गरिने श्रम स्वीकृति सेवा हाललाई स्थगन गरिएको विभागले जनाएको छ।

विभागका अनुसार मध्यपूर्व र खाडी क्षेत्रमा देखिएको अस्थिर अवस्था, सुरक्षा चुनौती तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै श्रमिकको सुरक्षा र हितलाई प्राथमिकतामा राखी यस्तो निर्णय लिइएको हो। अर्को सूचना जारी नभएसम्मका लागि उक्त निर्णय लागू रहने जनाइएको छ ।