९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा रुपन्देहीद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन नगरेको स्पष्टिकरण



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही जिल्ला कार्यसमितिले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा फागुन २१ गते हुन लागेको उपनिर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन नगरेको जनाएको छ ।

जिल्ला अध्यक्ष सागर प्रताप राणाले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट कुनै पनि उम्मेदवारलाई आधिकारिक रूपमा समर्थन नगरेको स्पष्ट पारेको छ। विज्ञप्तिमा पार्टीबाट उम्मेदवार नभएको अवस्थामा जिल्ला कार्यसमिति वा सम्बन्धित निकायलाई जानकारी नै नदिई क्षेत्रीय सभापतिले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको भन्ने कुरा पार्टीको संगठन नीति विपरीत रहेको उल्लेख गरिएको छ।

राप्रपाले हालसम्म कसैलाई पनि आधिकारिक रूपमा समर्थन नगरेको जनाउँदै एकल निर्णयका आधारमा गरिएको समर्थनलाई पार्टीले मान्यता नदिने जनाएको छ। साथै, निर्वाचनको मुखमा मतदातालाई प्रभावित पार्ने उद्देश्यले फैलाइएका यस्ता गतिविधिप्रति खेद प्रकट गर्दै मतदातालाई विचलित नहुन आग्रह गरेको छ।