• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

बामदेवको प्रस्तावले तर्सिए ओली र प्रचण्ड, के राखेका थिए त्यस्तो प्रस्ताव ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले आफुलाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताब राखेका छन् । नेता गौतमको प्रस्ताब नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन्।

नेता गौतमले शुक्रबार बिहान बसेको सचिवालय बैठकमा राष्ट्रियसभाको उम्मेदवार बन्नेबारे समय मागेरै आफ्ना केही पूर्व सर्त राख्दै उहाँले संघीय संसद(प्रतिनिधि सभारराष्ट्रिय सभा)का सदस्यहरू मन्त्री बन्न पाए पनि प्रधानमन्त्री हुन पाउँदैनन् त्यसैले तत्काल संविधान संशोधन गरि प्रधानमन्त्री बन्ने बाटो खुलाउनु पर्ने धारणा राखेका थिए ।

गौतमले धारणा राखेलगत्तै अध्यक्षद्वयले तत्काल संविधान संशोधन गर्न नसकिने बताएका थिए। नेपालको संविधानमा प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ।