१६ श्रावण २०८३, शनिबार
,
Latest
चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आग्रह



अ+ अ-

काठमाडौँ। पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान, नेपालले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन आग्रह गरेको छ ।

अभियानले आज एक विज्ञप्ति जारी गरी निर्वाचनको ‘मौन अवधि’ मा आचारसंहिता उल्लङ्घनको जोखिम उच्च रहने विगतको अनुभवलाई दृष्टिगत गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

यो संस्थाले निर्वाचन आयोगद्वारा जारी ‘निर्वाचन आचारसंहिता–२०८२’ को पूर्ण पालनाका लागि सबै सरोकार भएका निकायका प्रतिनिधिको ध्यानाकर्षण गराउँदै हालसम्म आचारसंहिताको कार्यान्वयन आधारभूत रूपमा सकारात्मक देखिए पनि पछिल्ला दिनमा उल्लङ्घनका घटनाहरू सार्वजनिक हुनु चिन्ताको विषय बनेको जनाएको छ ।

“भय, त्रास, लोभ र प्रलोभनयुक्त वातावरणमा गरिने निर्वाचनले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न सक्दैन”, विज्ञप्तिमा भनिएको छ, “निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउनु हामी सबैको साझा जिम्मेवारी हो । यसमा सरोकार भएका सबैले सहकार्य र समन्वय गरी निर्वाचन सम्पन्न गर्न/गराउन सकारात्मक कदम चाल्नु पर्दछ ।”

नागरिक अभियानले सङ्घीय सरकार, राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारजगत्, निर्वाचन पर्यवेक्षक, उम्मेदवार तथा आममतदातालाई आचारसंहिताको अक्षरशः पालना गर्न हार्दिक आग्रह गरेको छ ।

अभियानले स्वच्छ निर्वाचन लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै वातावरणीय र सामाजिक न्यायसहितको लोकतन्त्रका लागि सबैलाई जिम्मेवार बन्न आग्रह गरेको हो । रासस