२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानमाथिको आक्रमण ‘खतरनाक’, ‘विनाशकारी’ हुन सक्छ : मस्को



अ+ अ-

मस्को। रुसले शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणलाई ‘खतरनाक’ र ‘विनासकारी’ भन्दै यसको निन्दा गरेको छ ।

क्रेमलिनले बढ्दो तनाव र इरानमा सम्भावित अमेरिकी हस्तक्षेपको रिपोर्टको बीचमा संयम अपनाउन आह्वान गरिरहेको छ । युक्रेन आक्रमणको क्रममा तेहरान रूसको सबैभन्दा नजिकको सहयोगीको रूपमा देखा परेको छ ।

रुसको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी भनेको छ, “वासिङ्टन र तेल अभिभले फेरि एक ‘खतरनाक’ र ‘विनासकारी’ यात्रा सुरु गरेका छन्, जसले यस क्षेत्रलाई मानवीय, आर्थिक र अस्वीकार गर्न नसकिने विकिरणजन्य विपत्तिको नजिक पुर्याइरहेको छ ।

“आक्रमणकारीहरूको मनसाय बल र प्रभुत्ववादको आदेशलाई स्वीकार गर्न अस्वीकार गरेको इरानको संवैधानिक व्यवस्था नष्ट गर्ने र आफूलाई अवाञ्छित लाग्ने राज्यको सरकारलाई अपदस्थ गर्ने रहेको स्पष्ट र खुला रूपमा घोषणा गरिएको छ,“ विज्ञप्तिमा भनिएको छ।

“यस मानव निर्मित सङ्कटको नकारात्मक परिणामहरू, अप्रत्याशित श्रृङ्खलाबद्ध प्रतिक्रिया र हिंसाको बढ्दो चक्रसहितको जिम्मेवारी पूर्ण रूपमा उनीहरूमा छ,“ मन्त्रालयले भनेको छ।

रुसले अन्तर्राष्ट्रिय कानुन, आपसी सम्मान र सन्तुलनमा आधारित शान्तिपूर्ण समाधानको खोजीमा योगदान दिन आफू तयार रहेको बताएको छ ।

मस्कोले रुसीहरूलाई इरान छोड्न आग्रह गरेको छ र इजरायलमा रहेका आफ्ना नागरिकहरूका लागि पनि यस्तै चेतावनी जारी गरेको छ ।

सन् २०२५ मा रुस र इरानले सैन्य क्षेत्रलगायत सम्बन्ध बलियो बनाउने उद्देश्यले रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए।

किएभ र उसका पश्चिमी सहयोगीहरूले इस्लामिक गणतन्त्रले युक्रेनमा आक्रमणका लागि रुसलाई शाहीद ड्रोन र छोटो दूरीका मिसाइलहरू आपूर्ति गरेको आरोप लगाएका छन्।  (रासस/एएफपी)