२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्छौँ: महामन्त्री पौडेल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्ने बताउनुभएको छ ।

कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका महामन्त्री पौडेलले आज यहाँ आयोजित कार्यक्रममा राजनीतिभित्र देखिएका तमाम विकृति सफा गरेर अगाडि बढ्ने सङ्कल्पसहित पार्टी अगाडि बढिसकेको बताउनुभयो ।

महामन्त्री पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताउनुभयो । “पार्टीभित्र रुपान्तरणको सुरुआत भएको छ । यसले देशभर उत्साह थपिएको छ । यो उत्साहलाई देश रूपान्तरण गर्ने प्रक्रियामा जोड्छौँ । देशमा रहेका समस्या समाधानका लागि नयाँ ढङ्गले अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो ।

महामन्त्री पौडेलले देशैभरका कांग्रेसका कार्यकर्ताहरुलाई रूपान्तरणको सन्देश र देश विकासको दृष्टिकोण लिएर मतदातामाझ पुग्न आग्रह गर्नुभयो । रासस