१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा
अ अ+ अ-

तनहुँ।  मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको १२ वर्ष बित्यो । प्रत्येक निर्वाचनमा राजनीतिक दलको मुद्दा बन्ने यो घुमाउने पुल यसपाली पनि सबैको चासोको विषय बनेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने यो पुल अहिले निर्माणाधीन अवस्थामा छ । यही विषयलाई आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारहरुले आफ्नो प्राथमिकतामा राखेका छन् ।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ केही दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिदै गर्दा मत आफ्नो पक्षमा पार्न तनहुँ क्षेत्र नं.१ प्रतिनिधिसभा सदस्य उम्मेदवारले प्राथमिकतामा राखेका हुन् ।

पुल निर्माण समयमै सम्पन्न नहुनुको मुख्य कारण फरक छ । दुई वर्षअघि दुवैतर्फ पिल्लर ठड्याइए पनि बाढीका कारण नदीको सतह बढ्दाका अवस्थामा समस्या हुने देखिएपछि सच्याउने उद्देश्यले डिजाइन परिवर्तनको प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

सडक डिभिजन कार्यालय दमौलीका डिभिजन प्रमुख राजीव श्रेष्ठले पहिले मुग्लिङको जस्तै आर्क डिजाइनमा पुल बनाउने योजना रहे पनि आर्कको आधार बस्ने ठाउँमै बाढीले क्षति पु¥याएपछि डिजाइन परिवर्तन गर्नैपर्ने बाध्यता आएको बताउनुभयो ।

निर्माण कम्पनीले गत वैशाखमा नयाँ डिजाइनको प्रस्ताव पेस गरेको छ । जसमा अहिले बनिसकेका पिल्लरको उचाइ थप गरी स्टिलको संरचना वा स्ल्याप राख्ने गरी नयाँ नक्सा विभागमा अध्ययनको क्रममा रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

पुल निर्माणमा भएको ढिलाइले लागत र समय दुवै बढाएको छ भने सुरुमा लागत वृद्धिको विषयमा सडक विभाग र निर्माण कम्पनीबीच समदारी नमिले पनि अन्ततः कम्पनीकै लगानीमा परिवर्तित डिजाइन पेस गरिएको उहाँले बताउनुभयो । “हालसम्म योजनाको भौतिक प्रगति मात्र ३६ प्रतिशत रहेको छ र विसं २०८३ असार मसान्तसम्म निर्माण सक्ने गरी पछिल्लो पटक म्याद थप गरिएको छ”, उहाँले भन्नुभयो ।

दमौलीलाई चितवनसँग जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा लिइएको यस पुलको सम्झौता विसं २०७० असार २८ गते भएको थियो । सडक डिभिजन कार्यालय दमौलीका अनुसार विसं २०८० असोजमा आएको भीषण बाढीले सुरुको अनुमानभन्दा माथिको सतहलाई असर गरेपछि पुरानो ‘आर्क’ डिजाइनमा काम गर्न नसकिने देखिएको हो ।

चितवनको घुमाउनेबाट बुद्धसिंहमार्ग हुँदै दमौली पुग्न मुग्लिङ–आँबुखैरेनी सडकभन्दा २६ किलोमिटर दूरी छोटो पर्ने भएकाले नारायणगढबाट पोखरातर्फ जाने सवारीसाधनका लागि यो निकै छिटो र वैकल्पिक मार्ग मानिन्छ । १०५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहने यस पुल रु १० करोड २१ लाख ८६ हजार ५५१ को लागतमा मृत सञ्जीवनी कम्पनी मकवानपुरले ठेक्का पाएको छ ।

लामो समयदेखि पुल अलपत्र परेपछि स्थानीय अत्यन्तै आक्रोशित अवस्थामा छन् । बन्दीपुर गाउँपालिका–६ धरमपानी निवासी बिर्खमाया गुरुङले भन्नुभयो, “पुल नबन्दा यस क्षेत्रको आर्थिक र सामाजिक विकास ठप्प भएको छ ।” पुल निर्माण सम्पन्न नभएसम्म आगामी निर्वाचनमा कुनै पनि दललाई भोट नहाल्ने र मतदान नै बहिष्कार गर्ने सम्मको निर्णयमा स्थानीय पुगेका उहाँले बताउनुभयो ।

पहाडी क्षेत्रका बस्तीलाई सडक सञ्जालसँग जोड्ने यो महत्वपूर्ण कडी भए पनि प्राविधिक ढिलासुस्ती र प्राकृतिक अवरोधका कारण स्थानीयले लामो समयदेखि सास्ती भोगिरहनु परेको छ ।

पुल निर्माणको जिम्मा लिएपछि मात्रै प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्ने भएपछि अधिकांश उम्मेदवारले पहिलो प्राथमिकता दिएर अजेण्डा तय गरेर आमनागरिकसमक्ष पेस गरिरहेका छन् । तर, पुलका परिवर्तित डिजाइन आएपछि भने निर्माण कार्यले निरन्तरता पाउने अपेक्षा डिभिजन कार्यालयको छ । रासस