६ श्रावण २०८३, बुधबार
,
Latest
इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना



अ+ अ-

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ।

कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित देशका अधिकांश हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

यसैबीच कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि चट्याङसहित हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ।

राति भने तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको छ। हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भू–भागमा मौसम प्रायः सफा रहनेछ।

रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।