१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीबीसी मास्टरसेफ ‘रिम्याच’को उपाधि नेपालका मास्टर सेफ सन्तोष साहलाई



अ+ अ-

काठमाडौं । बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याचको उपाधि मास्टर सेफ सन्तोष साहले जितेको छन् । सोमबार बीबीसी वान तथा आइप्लेयरमा प्रसारित अन्तिम प्रतिस्पर्धामा साहले आफ्नो जित पक्का गराएका हुन् ।

गत वर्षको बीबीसी मास्टरसेफ द प्रोफेसनल २०२० मा मास्टर सेफ साहले दोस्रो स्थानको उपाधि हासिल गरेका थिए । 

मास्टर सेफ साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याचको उपाधि हात पार्न अन्तिम प्रतिस्पर्धामा जमी पार्क, फिली आर्मिटेज र बार्ट वान देर लीलाई हराएका हुन् । 

उनले यस पटकको प्रतियोगितामा भेगन खानाको साथमा तराईमा प्रचलनमा रहेको खाद्य परिकारलाई पनि समेटेका थिए ।