२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानबाट ‘जतिसक्दो छिट्टै’ बाहिर निस्कन आफ्ना नागरिकलाई चीनको आग्रह



अ+ अ-

बेइजिङ। चीनले शुक्रबार आफ्ना नागरिकहरूलाई ‘जतिसक्दो छिट्टै’ इरानबाट बाहिर निस्कन आग्रह गरेको छ।

चीनको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ, “अहिले इरानमा रहेका चिनियाँ नागरिकलाई सुरक्षा सावधानी अपनाउन र जतिसक्दो चाँडो सुरक्षित स्थानमा जान सल्लाह दिइएको छ ।”

सोही दिन संयुक्त राज्य अमेरिकाले इजरायलबाट दूतावासका गैर–आपतकालीन कर्मचारीहरूलाई इरान छोड्न स्झाब दिएको थियो । अमेरिकाले मध्यपूर्वमा दशकौँको सबैभन्दा शक्तिशाली सैन्य निर्माणलाई रोक्न दबाब दिएको र अन्यथा इरानमाथि आक्रमणको चेतावनी दिएको छ ।

इरान र अमेरिकाबीच ओमानको मध्यस्थतामा भएको वार्ताको एक दिनपछि अमेरिका र चीनले आफ्ना मुलुकका नागरिकलाई अति आवश्यक बाहेक त्यहाँ नबस्न अनुरोध गरेका छन् ।

वार्ता युद्ध रोक्नको लागि अन्तिम प्रयासको रूपमा हेरिएको छ । वार्तामा तेहरानले वाशिङ्गटनलाई सम्झौतामा पुग्न ‘अत्यधिक कडा माग’ छोड्नु पर्ने चेतावनी दिएको थियो ।

बेइजिङको विदेश मन्त्रालयले शुक्रबार आफ्ना नागरिकलाई ‘हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै तत्कालका लागि इरानको यात्रा नगर्न’ भनेको हो ।

इरान र छिमेकी मुलुकहरूमा रहेका चिनियाँ दूतावास र वाणिज्य दूतावासले व्यावसायिक उडान वा स्थलमार्गबाट स्थानान्तरण गर्न चाहने चिनियाँ नागरिकहरूलाई ‘आवश्यक सहयोग’ प्रदान गर्ने विदेश मन्त्रालयले बताएको छ।  (रासस/एएफपी)