• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

सभामुख पद सर्वाधिक उपयुक्त पात्रले पाउने : प्रवक्ता श्रेष्ठ



पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख पदमा सर्वाधिक उपयुक्त पात्रलाई पार्टीले उम्मेदवार बनाउने बताएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिन आइतबार पोखरा पुगेका श्रेष्ठले सभामुखको उम्मेदवार चयन गर्दा पाटीमा पूर्व नहेरीने बताएका हुन ।

नेता श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेल् राजीनामा पछि मात्र पार्टीले सभामुखमा उम्मेदवारी दिन पाउने भएकाले उपसभामुखले सहज रुपमा राजीनामा दिने समेत बताए । ‘सहज रुपमा उपसभामुखले राजीनामा दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ,’ श्रेष्ठले भने, ‘त्यसपछिमात्र संविधान संवत ढंगले पार्टीले दाबी गर्न मिल्छ ।’

आइतबार राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएपछि उनले पार्टीले संसदमा रहेर काम गर्न आवश्यक देखेकाले आफू उम्मेदवार बनेको प्रतिक्रिया दिए ।