४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलबिच सीमा सुरक्षामा सहकार्य सुदृढ गर्ने सहमति

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलबिच सीमा सुरक्षामा सहकार्य सुदृढ गर्ने सहमति
अ+ अ-

काठमाडाैँ । सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बिच बाहिनीस्तर (डिआइजी तह) को समकक्षी समन्वयात्मक बैठक भारतको उत्तराखण्ड राज्यस्थित चम्पावतमा सम्पन्न भएको छ।

बिहीबार सम्पन्न उक्त बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा हुनसक्ने अवैध घुसपैठ, चोरी–निकासी, लागुऔषध ओसारपसार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका विषयमा विस्तृत छलफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ। निर्वाचनका समयमा हुनसक्ने निर्वाचनविरोधी गतिविधि रोकथाम, अवैध आवतजावत नियन्त्रण तथा मौन अवधिमा सीमानाका बन्द गर्दा यसको प्रभावकारिता कसरी बढाउने भन्ने विषयमा दुवै पक्षबीच सहमति जुटेको छ।

बैठकमा सीमा क्षेत्रमा हुने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै संयुक्त तथा समानान्तर सीमा गस्तीलाई थप प्रभावकारी बनाउने, सूचनाको नियमित आदानप्रदान गर्ने र अवैध गतिविधिमाथि सूक्ष्म निगरानी बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ। तेस्रो देशका नागरिकको अनधिकृत प्रवेश, लागुऔषध तथा मानव बेचबिखन, जाली नोट कारोबार, हतियार र नगद तस्करीजस्ता अपराध नियन्त्रणका लागि निरन्तर र घनिष्ठ सहकार्य गर्ने निर्णयसमेत बैठकबाट भएको छ।

समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी भएको थियो। भारतीय पक्षबाट सेक्टर हेडक्वार्टर अल्मोडा र पिलिभितका डिआइजीद्वय सुधान्सु नौटियाल र अनिलकुमार शर्मा लगायत सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएका क्षेत्रका भारतीय सशस्त्र सीमा बलका विभिन्न रेजिमेन्ट प्रमुखहरूको उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल, भारतबीच केन्द्रीय, प्रदेश तथा जिल्लास्तरमा नियमित रूपमा यस्ता समन्वयात्मक बैठक हुँदै आएका छन्। यस्ता बैठकले दुवै देशबीचको सीमा सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाउँदै आएको बताइएको छ।