२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

चिसो बढेपछि सतर्कता अपनाउन प्रशासनको आग्रह

चिसो बढेपछि सतर्कता अपनाउन प्रशासनको आग्रह
अ अ+ अ-

मनाङ । केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात भएको छ । हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

चिसो बढेसँगै सतर्कता अपनाउन र कुनै पनि समस्या परेमा प्रशासन कार्यालय तथा सुरक्षा निकायमा सम्पर्क गर्नुहुन स्थानीयवासीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लावासी धेरै जाडो छल्न पहाडी जिल्ला तथा पोखरा, काठमाडौँ गइसकेका छन् भने भेडीगोठ कुरुवा र कर्मचारीमात्रै मनाङमा रहेका छन् । चिसो बढेसँगै जिल्लामा बसिरहेका स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा सुरक्षा निकाय प्रमुख र सम्बन्धित कार्यालयका प्रमुखसहित हुम्डे एयरपोर्टको भौतिक संरचना तथा अवस्थाको निरीक्षण अनुगमन गरिएको छ । हिमपातका कारण उक्त संरचनाको मर्मतसम्भार तथा सदुपयोग गर्ने उपायका बारेमा तत्काल खोजी र प्रारम्भ गर्ने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो ।

मनाङ ङिस्याङ गाउँपालिकामा पर्यटन तथा स्थानीय जनजीवनको अवस्था, हिमपात र चिसो बढेपछिको प्रभाव एवं स्थानीयवासीको दैनिकी र प्रहरी तथा निजामती कर्मचारीको स्थितिको अवलोकन गरिएको उहाँले बताउनुभयो । साथै पर्यटकीय पदमार्ग चामेबाट तलेखु, भ्राताङ, ढिकुरपोखरी, पिसाङ, ग्रीन ताल, सीमा प्रहरी चौकी हुम्डे, मुङ्जे, भ्राका, मनाङ र टङ्की मनाङसम्मको अनुगमन पनि गरिएको आचर्याले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पर्यटक आउने क्रम जारी रहेको तर तिलिचो तालतर्फ जान भने पाइएन ।” अमेरिकन तथा रसियनलगायत देशका पर्यटकले अनुभवी गाइड एवं शेर्पालाई साथमा लिई थोराङ्ला पासतर्फ जाने क्रम जारी रहेको र बङ्गाली पर्यटक भने यात्रा अघि नबढाई फर्किएको पाइएको उहाँले बताउनुभयो । ग्रिनलेकबाहेकका ताल एवं छहरा तथा साना खोलाखोल्सामा बग्दै गरेको पानी पूर्णरूपमा जमेको र घाम लागेसँगै पग्लिएर बग्ने गरेको पाइएको आचार्यको भनाइ छ । मनाङवासीको जनजीवन भने सामान्य रहेको उहाँले बताउनुभयो ।