२ श्रावण २०८३, शनिबार
,
Latest
साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषा, संस्कृतिको जगेर्ना राज्यको दायित्व– प्रदेश प्रमुख गुरुङ



अ+ अ-

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जातजातिका भाषा, संस्कृति देशका मौलिक सम्पत्ति भएको बताउनुभएको छ । प्रदेश प्रमुख गुरुङले यिनीहरूको जगेर्ना राज्यको दायित्व भएको बताउनुभयो ।

तमु ल्होसार २०७८ का अवसरमा गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपाल बहुजातीय बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताउनुभयो । देशमा समावेशी लोकतान्त्रिक संविधान बनेको बताउँदै उहाँले ल्होसार पर्र्वले राष्ट्रमा सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरणा मिल्ने बताउनुभयो । नेपालका विभिन्न जातजाति, भाषाभाषी बीचको विविधता देशका लागि मात्र नभइ समग्र विश्वका लागि पूँजी भएको उहाँको भनाइ थियो । 
    
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयदेखिको एकात्मक व्यवस्थाले राष्ट्रियताको सङ्कूचित परिभाषा गरेको बताउँदै २०६२÷६३ को जनआन्दोलन पश्चात् सबै जाताजाति, भाषभाषी एवं संस्कृतिबीचको एकतालाई राष्ट्रियताका रुपमा लिइएको धारणा राख्नुभयो । नेपाली विविधताबीच सबैले सामूहिक समर्पणको भावना सिर्जना गर्नुपर्ने बताउँदै उहाँले ल्होसार पर्वले सबैलाई एकतावद्ध हुन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सबै जातजाति, भाषभाषी र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश प्रमुख सचिव हरिप्रसाद बाँस्तोलाले ल्होसार पर्वले सबैमा सुख शान्ति र समृद्धि ल्याउने कामना गर्नुभयो ।

तमु धी नेपालका अध्यक्ष हुमबहादुर तमुले तमु समुदायको नयाँ वर्षका रुपमा ल्होसार मनाइने बताउँदै गाई वर्गको बिदाई र बाघ वर्गको आगमनका रुपमा यस वर्ष ल्होसार मनाउन लागिएको जानकारी दिनुभयो । (रासस)