२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्यात दिवस मनाइदै



अ+ अ-

काठमाडौं । नेपाल निर्यात परिषद्ले पुष २२ गते निर्यात दिवस मनाउने भएको छ ।

परिषद्ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी पुष २२ गते ‘चौथो निर्यात दिवस- २०७६’ मनाउने जानकारी दिएको हो । निर्यात दिवसले व्यवसायीक समस्या समाधानका लागि ऐकबद्धता कायम गर्ने, आयातमुखि बजारलाई निर्यातमुखि बनाउन सहयोग गर्ने लगायतका उद्देश्य राखेको परिषद्का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बैंक ब्याजदर उच्च हुनु, उत्पादन लागत बढ्दै जानु र कर प्रणालीमा अझैपनि समस्या रहनुले उत्पादन बढन् नसक्दा निर्यात न्यून रहेको बताउनुभयो । निर्यात दिवसले निर्यातमा हुने समस्याहरु सम्बन्धमा सरकारको ध्यानाकर्षण गर्न सहयोग पुर्याउने समेत उहाँले बताउनुभयो ।

निर्यात दिवस नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र नेपाल हस्तकला महासंघको सह आयोजनामा मनाउन लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।