५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्चला सम्मानित



अ+ अ-

काठमाडौं । नेपाल सितोरियो कराते संघ, शाखा डोजो शंखपार्कले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको महिला एकल कातामा रजत जित्न सफल चन्चला दनुवारलाई सम्मान गरेको छ ।

शंखपार्ककै आयोजनामा भएको जिल्लाव्यापी कराते प्रतियोगिताको उद्घाटन अवसरमा डोजोका अध्यक्ष एवं प्रमुख प्रशिक्षक सानुबाबु तामाङले चन्चलालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । उपत्यकाका तीन जिल्ला, धादिङ र काभ्रेका डोजो सहभागी प्रतियोगितामा लालीगुराँस टिम च्याम्पियन बन्यो । लालीगुराँसले ९ स्वर्ण, ३ रजत र ४ कांस्य जित्यो । ३ स्वर्ण, १ रजत र ३ कांस्यसाथ सरस्वती दोश्रो भयो । तेश्रो स्थानको आयोजक शंखपार्कले २ स्वर्ण, ६ रजत र ४ कांस्य हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा बूढानीलकण्ठका सौगात थापा तथा महिलामा भार्देउ डोजोकी अनिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए । धादिङको धुनवेसी डोजोले अनुशासित टिमको उपाधि हात पार्यो ।

विजेतालाई काठमाडौं महानगरपालिका वडा नं। ४ का अध्यक्ष मोहन विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले उद्घाटन गरेका थिए । प्रतियोगितामा २ सय २५ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।