३ भाद्र २०८३, बुधबार
,
Latest
महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

होङ्गान्जी न्यु डायमन्ड कप राष्ट्रिय भलिबलमा ७ टिम



अ+ अ-

काठमाडौं । न्यु डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा हुने तेश्रो होङ्गान्जी न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ७ टिमले भाग लिने भएका छन् ।

पुस २३ देखि २६ गतेसम्म हुने प्रतियोगिताको तयारी बारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा ७ टिमको सहभागिता निश्चित भएको प्रतियोगिता संयोजक कुमार राईले जानकारी गराए । प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब, नेपाल प्रहरी, पोखराको टप्स उमावि, नेपाल आर्मी, कुलेश्वरको पारामाउन्ट इङलिस बोर्डिङ स्कुल र ढोरपाटन स्पोर्ट्स क्लबले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा होङ्गान्जी बौद्ध समाज रहेको छ । गत वर्ष पनि मुख्य प्रायोजक रहेको होङ्गान्जीले यो वर्ष प्रायोजन वापत नगद र जिन्सी गरी जम्मा १५ लाख दिने भएको छ । गत वर्ष होङ्गान्जीले ५ लाख रुपैयाँ दिएको थियो ।

सम्झौता अनुसार होङ्गान्जीले पहिलो किस्ता वापत प्रथम र दोश्रो हुने टिमको नगद पुरस्कार होङ्गान्जीका कन्ट्री म्यानेजर सोनाम वाङ्दी भुटियाले हस्तान्तरण गरेको संयोजक राईले जानकारी दिए । प्रथम पुरस्कार ४ लाख १ सय १ रुपैयाँ तथा दोश्रो पुरस्कार ३ लाख १ सय १ रुपैयाँ नगद राखिएको छ । तेश्रोले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथोले ५१ हजार १ सय १ रुपैयाँ नगद पुरस्कार पाउने छन् । तेश्रो पुरस्कारको राशी मुक्तिनाथ विकास बैंक तथा चौथो पुरस्कार निलगिरी युथ क्लबले प्रायोजन गर्ने भएको छ ।

त्यस्तै ब्ल्याक हर्स सुजले चौथो पुरस्कारको रकम बराबर आर्थिक सहयोग प्रदान गर्ने बताइएको छ । सात व्यक्तिगत उत्कृष्ट विधाको पुरस्कार जनही ७ हजार १ सय १ रुपैयाँ श्रद्धधा फाइनान्स, न्युरोडले उपलब्ध गराउने भएको छ । तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार, चन्द्रागिरी नगरपालिकाको वडा १५ ले ३० हजार, वडा ६ का अध्यक्षले व्यक्तिगत १० हजार र वडाको तर्फबाट १० हजार उपलब्ध गराउने जानकारी दिइयो । सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार १ सय १ रुपैयाँबाट पुरस्कृत गरिने छ ।