५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

असुरक्षित बन्दै बैंक: ह्याकरको निसानामा पर्दै नेपालका बैंक

असुरक्षित बन्दै बैंक: ह्याकरको निसानामा पर्दै नेपालका बैंक
अ+ अ-

ट्रेजरी ह्याक गरी कृषि विकास बैंकको पाँच अर्ब लुट्ने योजना तुहियो, मुख्य एजेन्ट दीपक नेपाल पक्राउ

नेपालका वाणिज्य बैंक ह्याकरको निसानामा परेका छन् । अर्काको नामको खाताबाट रकम ट्रान्सफर गरी चोरी हुने क्रम बढेको छ । यसैक्रममा नेपालको वित्तीय संस्था ह्याक गरी करोडौँ रुपैयाँ चोरी गर्ने अन्तर्राष्ट्रिय गिरोहका मुख्य सहयोगी दीपक नेपाल पक्राउ परेका छन् । मोरङ रंगेली–२ का ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले शनिबार काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नाइजेरियन नागरिक ‘कालेदाइ’ भनिने पिटर हर्मन असेन्गाले नेपालकै सहयोगमा कृषि विकास बैंकको ट्रेजरी ह्याक गरी पाँच अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए । पहिलो चरणमा उनीहरू बैंकको चार करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न ११ व्यक्तिको बैंक खातामा ट्रान्स्फर गर्न सफल भइसकेका थिए । दीपकको बैंक खातामा एक करोड रुपैयाँ ट्रान्स्फर भएको थियो ।

गल्फुटारस्थित कृषि विकास बैंकको शाखा कार्यालयबाट आइतबार दीपकले ट्रान्स्फर भएको सोही रकम सहयोगीमार्फत झिक्दैगर्दा पक्राउ परेका हुन् । महाशाखाका एसपी मुकेशकुमार सिंहले सहयोगीमार्फत रकम झिक्ने क्रममा उनी पक्राउ परेको जानकारी दिए । ‘गल्फुटारस्थित कृषि विकास बैंकको शाखा कार्यालयमा उनको सहयोगी चेक साट्न आएको खबर प्राप्त भयो । उनले एक सहयोगीलाई चेक साट्न पठाएका रहेछन् । त्यहीवेला उनलाई पक्राउ गर्यौँ। उनैमार्फत दीपक नेपाल समातिएका हुन्,’ उनले भने ।

सामाजिक सञ्जालमार्फत साढे १४ करोड ठगी:प्रहरीका अनुसार नेपालकै सहयोगमा पिटरले सामाजिक सञ्जाल भाइबर, इमो, फेसबुक र ह्वाट्सएप प्रयोग गरी १५ नेपालीबाट १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ ठगी गरेका थिए । यस धन्दाका लागि पिटरका खास सहयोगी ब्रिटिस नागरिक स्मिथ मोरिस थिए । उनीहरूले नेपालमा धन्दा सञ्चालन गर्न ४० एजेन्ट नियुक्त गरेको खुलेको थियो । दीपक नेपाल तिनैमध्येका एक हुन् ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बैंक ह्याक मात्र नभई सामाजिक सञ्जाल दुरुपयोग गरी करोडौँ रुपैयाँ ठगी गर्न अन्तर्राष्ट्रिय गिरोहलाई नेपालबाट सघाउने मुख्य अभियुक्त दीपक नेपाल नै रहेको बताए । ‘कृषि विकास बैंक ह्याक गरी अर्बौँ रुपैयाँ चोरी गर्ने कार्यमा अन्तर्राष्ट्रिय गिरोहलाई नेपालबाट सघाउने दीपक नै रहेको खुलेको छ । त्योसँगै सामाजिक सञ्जाल प्रयोग गरी १५ जना नेपालीबाट १५ करोड रुपैयाँभन्दा धेरै करम ठगी गर्ने कार्यमा पनि यसैले सहयोग गरेको देखिन्छ,’ थापाले भने ।

१७ वाणिज्य बैंक प्रहरी निगरानीमा: सामाजिक सञ्जालका साथै कृषि विकास बैंक ह्याकिङ प्रकरणमा एउटै समूह जोडिएपछि प्रहरीले यी समूहबाट कारोबार भएका १७ वटा वाणिज्य बैंकलाई निगरानीमा राखेको छ । कृषि विकास बैंक काण्डमा जोडिएका नाइजेरियन नागरिक पिटर हर्मन असेन्गाको संलग्नता पछिल्लो सामाजिक सञ्जालमार्फत ठगी प्रकरणमा समेत जोडिएको देखिएपछि प्रहरीले बैंक ह्याकिङ र सामाजिक सञ्जालबाट भइरहेको ठगीलाई सँगसँगै अनुसन्धान गरिरहेको छ ।

नेपाली एजेन्टले बैंक अफ काठमाण्डू, प्रभु, मेगा, हिमालयन, सनराइज, सिटिजन्स, नबिल, लुम्बिनी विकास, माछापुच्छ्रे, एसबिआई, नेपाल बंगलादेश, ग्लोबल आइएमई, एनआइसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, एनएमबी, सिद्धार्थ र लक्ष्मी बैंकमा खाता खोलेर कारोबार गरेको पाइएको छ ।

चिनियाँलाई एक–एक हजार जरिवाना, निष्कासनको तयारी:अन्तर्राष्ट्रिय साइबर अपराधको आरोपमा पक्राउ परेका एक सय २२ चिनियाँलाई सरकारले निष्कासनको तयारी थालेको छ । उनीहरूमाथि प्रहरी अनुसन्धान सकिएकाले निष्कासन गर्न लागिएको हो । पक्राउ परेकाहरूले नेपालमा गरेको कुनै कसुर नभेटिएको प्रहरीको दाबी छ । यद्यपि, प्रहरी स्रोत भने उनीहरूमाथि विस्तृत अनुसन्धान नै नभएको बताउँछ ।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा प्रहरीले उनीहरूमाथिको अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएकोमा जिल्ला प्रशासन कार्यालयमा आइतबार मुद्दाको फैसला गरेर प्रतिव्यक्ति एक/एक हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जरिवानाको फैसला सुनाएको हो । मुद्दा दायर गरेकै दिन सामान्यतया फैसला हुँदैन ।

‘पक्राउ परेका चिनियाँले अपराध स्वीकार गरेकाले थप अनुसन्धानको आवश्यकता नभएर फैसला गरिएको हो,’ दाहालले भने, ‘सबैले जरिवाना बुझाएका छन् ।’ अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भए पनि न्यूनतम जरिवाना गरिएको छ । जरिवाना बुझाए पनि उनीहरूलाई रिहा गरिएको छैन । प्रहरी हिरासतमै छन् । सोमबार उनीहरूलाई अध्यागमन विभागमा बुझाउने तयारी छ ।

विभागले भिसासम्बन्धी कसुरमा जरिवाना गराई निष्कासन गर्न लागिएको छ । बुधबार उनीहरूको निष्कासनको सम्भावना रहेको अध्यागमन विभागका एक अधिकारीले बताए । उनीहरूलाई लैजान चीनले दुईवटा चार्टर्ड विमान ल्याउँदै छ । जसमा चिनियाँ सुरक्षाकर्मी समेत आउनेछन् । गत ७ पुसमा पक्राउ परेका चिनियाँहरूले काठमाडौंमा घरहरू भाडामा लिएर इन्टरनेटमार्फत ठगी, जुवाको अवैध कारोबार गर्दै आएका थिए । नयाँ पत्रिका दैनिकबाट