• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

परियत्ति शिक्षालाई कामपाद्वारा सहयोग



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बौद्ध परियत्ति शिक्षाका लागि रु २३ लाख ६५ हजार अर्थिक सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासङ्घद्वारा सञ्चालित सो शिक्षाको पाठ्य सामग्री छपाइ, दीक्षान्त समारोह तथा नैतिक आचरण शिक्षा लगायतमा सहयोग गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले महासङ्का अध्यक्ष भिक्षुमैत्री महास्थवीरलाई आइतबार सो रकम हस्तान्तरण गरे ।

महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको स्तरोन्नतिका गर्न रु १३ करोड बजेट महानगरले विनियोजन गरेको छ । सो रकम सामुदायिक विद्यालय हाताभित्र वृक्षरोपण, खेल मैदान, रङ्गरोगन, शौचालय र खानेपानीको व्यवस्थापन गर्नेलगायतमा खर्च हुने जनाइएको छ । सो अवसरमा प्रमुख शाक्यले सहयोगको रकम सदुपयोग हुनेमा आफू आशावादी रहेको बताए ।

महासङ्घका अध्यक्ष महास्थवीरले कामपाले गरेको आर्थिक सहयोग अहिलेसम्म प्राप्त भएको सबै ठूलो राशिको भएको जनाउँदै परियत्ति शिक्षाका लागि यसले थप ऊर्जा प्राप्त भएको बताए । “स्थापनाको करिब ५६ वर्षपछि हामीलाई कामपा यति ठूलो आर्थिक सहयोग गरेर हामीलाई निकै ठूलो गुण लगाएको छ”, महास्थवीरले भने, “यो आर्थिक सहयोगले कामपा क्षेत्रभित्र रहेका २० वटा केन्द्र मात्र होइन मुलुकभरि नै रहेका हाम्रा ११५ बढी केन्द्रमै परियत्ति शिक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।”

५६ वर्ष इतिहास बोकेको यस संस्थानमा हरेक वर्ष परियत्ति शिक्षाका लागि पाँच हजार बढीले आवेदन दिने गरेका छन् । गौतमबुद्धको उपदेश तथा असल आचरणसहितको शिक्षा दिने ध्येयले संस्थाको स्थापना भएको हो ।