• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

नेकपा विदेशी पार्टी होईन, सहकार्य बढ्दै जान्छ : कर्ण



काठमाडौं । राजपा नेपालका बरिष्ठ नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुखमा आफूहरुको कुनै दाबी नरहेको स्पष्ट पारेका छन् ।

उनले भने,‘सभामुख वा उपसभामुखमा हाम्रो पार्टीको दाबी छैन् । किनकी हाम्रो सामथ्र्य छैन् । यदि बहुमत हुनेले हामीलाई सभामुख वा उपसभामुख दिन तयार भए हामी पनि लिन तयार छौं । तर बहुमत हुनेले समर्थन वा प्रस्ताव नगरे हामी दाबी गर्दैनौं ।’

प्रदेश नम्बर २ को सरकार परिवर्तनबारे अनुमानको भरमा हल्ला चलाईएको भन्दै कर्णले गुनासो पोखे । उनले भने,‘नेकपा र राजपाबीच दुई बुँदे सहमति भएपछि २ नम्बर प्रदेशको सरकार परिवर्तनबारे अनुमानका आधारमा धेरै समाचार आए । तर, नेकपा र राजपाबीचको दुई बुँदे समझदारीमा यस सम्बन्धमा केही कुरापनि उल्लेख छैन् । यो सहमतिमा हामीले राष्ट्रियसभाको लागि हुने निर्वाचनको लागि २ सिटमा तालमेल गरेका हौं । सिट बाँडफाँडमात्रै हो ।’

प्रदेश नम्बर २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा आफू मुख्यमन्त्री बन्न तयार रहेको भनेर बोलेको कुरामा टिप्पणी गर्दै कर्णले भने,‘ऋषिजीले जितेन्द्र सोनलले मसँगको अन्तर्वार्तामा मुख्यमन्त्री बन्छु भन्नुभयो भन्ने कुरा आयो, म त भन्छु प्रदेश सभा सदस्य सबै मुख्इमन्त्रीको लागि योग्य हुनुहुन्छ । उहाँको अपेक्षा गलत होईन् ।’

उनले प्रदेश नम्बर २ मा सरकार फेरबदल नहुने जिकिर गरे । उनले भने,‘राष्ट्रियसभा सदस्यको लागि माघ ९ गते निर्वाचन हुँदैछ । चुनाव सकिएलगत्तै थप सहकार्यको बारेमा छलफल हुन्छ । नेकपा विदेशी पार्टी होईन । यो पनि यही देशको पार्टी हो । हामी अहिलेपनि साथमै छौं । हामीबीच सहकार्य बढ्दै जान्छ ।’