• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

‘राष्ट्रियसभा विधान बनाउने तथा परिस्कृत गर्ने थलो हो’



विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले राष्ट्रियसभामा बृद्धिजीवी तथा विज्ञहरु जाने ठाउँ भएकाले सोहीअनुसार नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार दिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित उम्मेदवार भेटघाट कार्यक्रममा उहाँले राजनीतिक आस्था र विचारभन्दा पनि विज्ञहरु जाने राष्ट्रियसभा विधान बनाउने तथा परिस्कृत गर्ने थलो हो भन्नुभयो ।

उहाँले जनताको मौलिक हक, अधिकार सुरक्षित बनाउन राष्ट्रियसभाको भूमिका अग्रणी छ भन्दै जनताको सुशासन र स्वतन्त्रताको जगबाट मुलुकमा समृद्धि आउने कुरामा जोड दिनुभयो । उम्मेदवार राजेन्द्र घिमिरेले पार्टीलाई सुदृढ एवं सङ्गठित पार्न काँग्रेस क्रियाशील छ भन्नुभयो ।

राष्ट्रियसभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट महिलातर्फ सुनसरी धरान उपमहानगरपालिका–१ का ६५ वर्षीया मीना पुलामी मगर, दलिततर्फ फिदिम नगरपालिका–१ का ३९ वर्षीय निरबहादुर विश्वकर्मा र खुल्लातर्फ झापा भद्रपुर नगरपालिका–८ का ५८ वर्षीय राजेन्द्र घिमिरे छन् ।