१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राष्ट्रियसभा विधान बनाउने तथा परिस्कृत गर्ने थलो हो’



अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले राष्ट्रियसभामा बृद्धिजीवी तथा विज्ञहरु जाने ठाउँ भएकाले सोहीअनुसार नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार दिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित उम्मेदवार भेटघाट कार्यक्रममा उहाँले राजनीतिक आस्था र विचारभन्दा पनि विज्ञहरु जाने राष्ट्रियसभा विधान बनाउने तथा परिस्कृत गर्ने थलो हो भन्नुभयो ।

उहाँले जनताको मौलिक हक, अधिकार सुरक्षित बनाउन राष्ट्रियसभाको भूमिका अग्रणी छ भन्दै जनताको सुशासन र स्वतन्त्रताको जगबाट मुलुकमा समृद्धि आउने कुरामा जोड दिनुभयो । उम्मेदवार राजेन्द्र घिमिरेले पार्टीलाई सुदृढ एवं सङ्गठित पार्न काँग्रेस क्रियाशील छ भन्नुभयो ।

राष्ट्रियसभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट महिलातर्फ सुनसरी धरान उपमहानगरपालिका–१ का ६५ वर्षीया मीना पुलामी मगर, दलिततर्फ फिदिम नगरपालिका–१ का ३९ वर्षीय निरबहादुर विश्वकर्मा र खुल्लातर्फ झापा भद्रपुर नगरपालिका–८ का ५८ वर्षीय राजेन्द्र घिमिरे छन् ।