१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएसटीएफ पदाधिकारी मनोनित



अ+ अ-

अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघ (आईएसटीएफ)ले महासंघमा विभिन्न पदाधिकारी मनोनयन गरेको छ । महासंघका अध्यक्ष समेत रहेका नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहले पदाधिकारी मनोनयन गरेका हुन् ।

चोइ सेन क्वान महासचिव, दुष्यन्ट थापा सदस्य, नि होन टेक म्यानेजमेन्ट कमिसन, ऋषिविक्रम शाह विशेष सल्लाहकार र डा. अजय राणा डोपिङ कन्ट्रोलमा मनोनित भए ।

नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणा, महासंघका अध्यक्ष शाहलगायतले उनीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरे ।