२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

माओवादी महाधिवेशनः अध्यक्ष प्रचण्डको दस्तावेजमाथि सामूहिक छलफल जारी

माओवादी महाधिवेशनः अध्यक्ष प्रचण्डको दस्तावेजमाथि सामूहिक छलफल जारी
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल सुरु भएको छ । 

आइतबारदेखि सुरु भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवशेनको बन्दसत्रले अध्यक्षको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको थियो । ‘समूह १’ मा ज्येष्ठ कम्युनिष्ट मञ्च रहेको छ । सो समूहले प्रज्ञा भवनको सभाको मुख्य भागमा छलफल सुरु गरेको छ । सो समूहको समन्वयको जिम्मेवारीमा एनके प्रसाईं हुनुहुन्छ । 

समूह २ र ३ मा पार्टीका सल्लाहकार रहेका छन् । सो समूहको  छलफल प्रज्ञा भवनको मुख्य मञ्चको दायाँबाँया हुँदैछ । सो समूहको समन्वयको जिम्मेवारी नन्दकुमार थापालाई दिइएको छ । समूह ४ र ५ मा प्रदेश नं १ का प्रतिनिधिले प्रज्ञा भवन भानुभक्त हलमा छलफल थालेका छन् । समन्वयको जिम्मेवारी भने प्रदेश नं १ का अध्यक्ष हर्क नेम्वाङले पाउनुभएको छ । 

समूह ६ र ७ मा  प्रदेश नं २ का प्रतिनिधिहरू सहभागी छन् । यो छलफल प्रज्ञा भवनको पारिजात हलमा भइरहेको छ । सो समूहको समन्वय गर्ने जिम्मेवारी गणेश साहले पाउनुभएको छ । समूह ८ र ९ मा लुम्बीनी प्रदेशका प्रतिनिधिको प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल हुनेछ । सो समूहको संयोजन नेता चक्रपाणि खनालले गरिरहनुभएको छ । समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन् । 

सो समूहको छलफल पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सो समूहको संयोजक गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ हुनुहुन्छ । 

समूह १२ मा प्रवास प्रदेशका प्रतिनिधि छन् । सो समूहले पनि पार्टी कार्यालय पेरिसडाँडामा विचार विमर्श सुरु गरेको छ । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा लक्ष्मण पन्त हुनुहुन्छ । 

समूह १३ र १४ मा कर्णाली प्रदेशका प्रतिनिधि सहभागी छन् । सो समूहले एवान पार्टी प्यालेसमा छलफल गर्दैछ । संयोजकमा कर्णाली प्रदेश अध्यक्ष बिमला केसी हुनुहुन्छ । समूह १५ र १६ मा सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा भने खगराज भट्ट हुनुहुन्छ । समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि अटाएका छन् । 

सो समूहले क्वालिटी बैंक्वेट बुद्धनगरमा छलफल गर्नेछ । समन्वय गर्ने जिम्मवारी नेता मायाप्रसाद शर्मालाई तोकिएको छ । समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन् । समन्वय गर्ने जिम्मेवारीमा नेता जगत सिङ्खडा हुनुहुन्छ । 

समूह २० र २१ मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि समेटिएका छन् । छलफलको स्थान भने क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार रहेको छ । नेता कृष्ण अधिकारीले सो समूहको समन्वय गर्नुभएको छ । 

समूह २२ र २३  मा बागमती प्रदेशका प्रतिनिधि छन् । छलफलको स्थान भने काठमाडौँ बैंक्वेट थापागाउँमा सुरु भएको छ । सो समूहको समन्वय प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले गर्नुभएको छ । समूह २४ मा आयोगका सदस्यहरू छन् । सो समूहले पनि काठमाडौँ बैंक्वेट थापागाउँमा छलफल सुरु भएको छ । सो समूहको समन्वय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठ गरिरहनुभएको छ । 
समूह २५ मा जनवर्गीय सङ्गठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि सहभागी छन् । सो समूहले काठमाडौँ बैंक्वेट थापागाउँमा छलफल सुरु गरेको छ । सो समूहको समन्वय नेत्री अमृता थापा मगरले गर्नुभएको छ । 

माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ ।

समूहगत छलफलका लागि    केन्द्रीय सदस्य सम्बन्धित प्रदेश वा विभागमा पुगेका छन् । मङ्गलबार दिनभर समूहगत छलफल हुने छ । बुधबार बिहान ११ बजेदेखि प्रज्ञा भवनमा समूह प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।