१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफए कप फुटबलको चौंथो चरणमा आर्सनल



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग क्लब आर्सनल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणमा सोमबार राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै चौंथो चरणमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा रेइस नेल्सनले आर्सनललाई जित दिलाउनका लागि निर्णायक गोल गरेका थिए ।पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५५ औं मिनेटमा नेल्सनले निर्णायक गोल गरेका थिए । उनको यो एफए कपमा पहिलो गोल हो ।

प्रिमियर लिगमा क्रिस्टलसँगको खेलअघि आर्सनल एफएफ कपको चौंथो चरणमा पुगेको हो । लिगमा आर्सनलले शनिबार क्रिस्टलको सामना गर्दैछ । अब आर्सनलले चौंथो चरणमा बर्नेमाउथको सामना गर्नेछ ।