२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार विरुद्ध नेपाली अधिकारीहरुको भारतमा विशेष प्रशिक्षण



अ+ अ-

भ्रष्टाचार विरुद्ध विशेष कोर्षका लागि नेपाली अधिकारीहरुको ६ दिने प्रशिक्षण भारतमा सुरु भएको छ । भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा सो प्रशिक्षण सुरु भएको हो । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीको दोस्रो ब्याच सहभागी रहनेछन् । यस प्रशिक्षण कार्यक्रमले नेपाली अधिकारीको क्षमता विकासमा भारतको निरन्तर प्रतिबद्धतालाई पुष्टि गरेको छ ।

यस अघि नै पनि आयोगकै २१ जना अधिकारीको पहिलो ब्याचले २०७६ मंसीर ३० गतेदेखि पौष ५ गतेसम्म सोही विषयमा प्रशिक्षण लिइसकेका छन् । अब जाने ब्याच नेपालको दोस्रो ब्याच हो । नेपाल सरकारको आग्रहमा आयोगका कूल ४२ अधिकारीका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्ने बताईएको छ।

मुख्यतः भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा यो कोर्ष केन्द्रित रहेको छ । यस कोर्षले मुख्यत भ्रष्ट तथा ठगी गर्ने व्यक्तिहरुको पहिचान, निवारण एवम् कानूनी कारवाही गर्न यी अधिकारीलाई सक्षम बनाउनेछ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत रहेको छ ।