२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

निकारागुआद्वारा ताइवानको पूर्वदूतावास कब्जा, चीनलाई दिइने

निकारागुआद्वारा ताइवानको पूर्वदूतावास कब्जा, चीनलाई दिइने
अ अ+ अ-

मानागुवा । निकारागुआ सरकारले ताइवानको पूर्वदूतावास र कूटनीतिक कार्यालयहरू चीनको भएको भन्दै कब्जा गरेको छ। निकारागुआले चीन सरकारलाई मात्र मान्यता दिने भन्दै राष्ट्रपति ड्यानियल ओर्टेगाको सरकारले यसै महिना ताइवानसँगको सम्बन्ध तोडेको थियो । 

स्वदेश प्रस्थान गर्नुअघि ताइवानी कूटनीतिज्ञहरूले मानागुवाको रोमन क्याथोलिक आर्कडायोसेसलाई सम्पत्तिहरू दान गर्ने प्रयास गरेका थिए । तर ओर्टेगाको सरकारले आइतबार राति त्यस्तो कुनै पनि दान अवैध हुने भन्दै मानागुवामा रहेका भवनहरु चीनको भएको जनाएको थियो । 

महान्यायाधिवक्ताको कार्यालयले एक विज्ञप्तिमा दानको प्रयास उनीहरुको नभएको सम्पत्ति लिनका लागि एक चालबाजी थियो भनेको छ । ताइवानको विदेशमामिला मन्त्रालयले निकारागुआ सरकारले ताइवानी कूटनीतिज्ञहरुलाई देशबाट बाहिर निस्कन दुई साताको समय दिएर मानक प्रक्रियाहरुको उल्लङ्घन गरेको भन्दै ओर्टेगा शासनको गम्भीर गैरकानूनी कार्यको भत्त्र्सना गरेको छ । निकारगुआन क्याथोलिक चर्चलाई आफ्नो सम्पत्तिको प्रतीकात्मक विक्रीमा निकारागुआ सरकारले गरेको मनमानी अवरोधको पनि मन्त्रालयले भत्र्सना गरेको छ । 

मध्य अमेरिकी मुलुक निकारागुआले डिसेम्बर महिनाको सुरुमै स्वशासित ताइवानलाई आफ्नो क्षेत्रको अंशको रुपमा दावी गर्ने चीनलाई आधिकारिक रुपमा मान्यता दिने बताएको थियो । “त्यहाँ एउटा मात्र चीन छ” निकारागुआ सरकारले परिवर्तनको घोषणा गर्दै एक विज्ञप्तिमा भनेको थियो, “जनवादी गणतन्त्र चीन एक मात्र वैध सरकार हो जसले सम्पूर्ण चीनको प्रतिनिधित्व गर्छ र ताइवान चिनियाँ क्षेत्रको अविभाज्य अङ्ग हो ।”

लिथुआनिया र स्लोभाकिया जस्ता मुलुकहरुसँग आधिकारिक आदानप्रदान बढाएको भए पनि यस कदमले अन्तर्राष्ट्रिय मञ्चमा ताइवानको कूटनीतिक अलगावलाई बढाएको छ र यसले ताइवानलाई औपचारिकरुपमा देशको रुपमा मान्यता दिँदैन । अब ताइवानसँग १४ औपचारिक कूटनीतिक सहयोगीहरू मात्र बाँकी छन्।

प्रजातान्त्रिक टापु मुलुक ताइवानलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा मान्यता दिने देशहरूको सङ्ख्या घटाउँदै चीनले विगत केही वर्षदेखि ताइवानका कूटनीतिक सहयोगीहरूलाई शिकार बनाइरहेको छ । चीन ताइवानले विश्वव्यापी फोरम वा कूटनीतिमा आफ्नो प्रतिनिधित्व गर्ने विरुद्ध छ। सोलोमन टापुहरूले ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्दै सन् २०१९ मा चीनलाई मान्यता दिएका थिए ।