१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नीमा नेपाल भ्रमण वर्षको शुभारम्भ



अ+ अ-

सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार मध्यान्न अष्ट्रेलियामा उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।

सिड्नीका विभिन्न स्थानबाट नेपालीहरु आ-आफ्नो सास्कृतिक पहिरनसहित सर्कुलर क्युवेमा आइपुगेका नेपालीहरुले डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा स्याल्भेसन आर्मीका चन्दा बाल्टिनहरु बोकेका थिए । कार्यक्रममा नेपालका पर्यटनमन्त्री भट्टराईले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरे ।

नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको उनले बताए । उनले यहाँ भएका आफ्ना कूटनीतिक नियोग तथा नेपालीहरुलाई सहयोगमा जुट्न आग्रह गरे ।