१० असार २०८३, बुधबार
,
Latest
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भत्किएका छाउगोठभित्र, नभत्किएका मन



अ+ अ-

जाजरकोट । जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ । सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन सुमित्राले आमाबाट सिक्नुभएको थियो ।

पुस्ता हस्तान्तरण जस्तै गरी कुसंस्कार पनि आमाबाट छोरी, छोरीबाट नातिनीसम्म पुग्ने गरेको छ । अहिले सुमित्रा जस्तै गाउँका अधिकांश महिला छाउगोठ भत्काएर विगतको कुसंस्कारलाई सधैँका लागि अन्त्य गर्ने योजनामा छन् । गाउँमा पढे, लेखेका युवाहरु यो अभियानमा लागे पनि अघिल्लो पुस्ता भने छाउगाठ भत्काउने अभियानमा सक्रियताका साथ सहभागी भएको देखिएको छैन । अघिल्लो पुस्ता अझै देवता रिसाउने र अनिष्ट हुने भन्दै कुसंस्कारको जगेर्नातर्फ उन्मुख भएको झीनो स्वरहरु मसिनो रुपमा उठाउँदै आएका छन् ।

शिक्षित परिवारकै घरमा छाउगोठ भत्काए पनि घरभित्र चुलो रहेको र देवता ध्वजापताका भएको ठाउँमा भने महिनावारी हुँदा जान नपाउने बाध्यता अझै कायम रहेको छ । विद्यालयमा पढाउने शिक्षकले विद्यालयमा कुप्रथा भन्दै कक्षाकोठामा पढाउँछन् तर घरमा जाँदा छोरी, बुहारी र श्रीमतीलाई महिनावारी हुँदा सात दिनसम्म मूल कोठाको प्रवेशमा रोक लगाउँछन्, अनि कसरी हुन्छ परिवर्तन रु जुनिचाँदे गाउँपालिका–७ का रामबहादुर खड्काले भन्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा सोच, विचार र संस्कारहरु बदल्न आत्मदेखि आनीबानी बदल्न जरुरी छ, शिक्षक आफँै धामी छ, दैनिक छिमेकीको घरमा देवता निकालेर बिरामीलाई भूत, प्रेत र बोक्सी लागेको भन्दै हिँड्छ रु ।”

जिल्ला प्रशासन कार्यालयले छाउ बस्ने र बस्न बाध्य पार्नेलाई सरकारी सेवासुविधा रोक्ने भन्दै सदरमुकाममा प्रचार गरे पनि त्यो सूचना गाउँगाउँमा पुग्न सकेको छैन । छाउगोठ भत्काउन शुरु गरेपनि मानिसभित्र रहेको कुसंस्कारभित्र रुमलिएका चेतना परिवर्तन नभएसम्म महिनावारी हँुदा भान्सा बस्न नपाउने, दूध, दही, मही, घ्यू खान नपाउने अवस्था ज्यूँका त्यूँ रहेको छ । अहिले पनि छाउगोठ भत्किए तर आमनागरिकका चेतना परिवर्तनका लागि भत्किएका छैनन् । जसकारण महिलाहरु दुःख पाइरहेका छन् । जिल्लाका अन्य ठाउँमा छाउगोठ नभए पनि महिनावारी हुँदा आगो बाल्ने चुलोसम्म जान नपाउने अवस्था विद्यमान छ ।

देवता रिसाउने भन्दै मूल चुलो भएको कोठा र देवताका ध्वजा, पताका भएको ठाउँमा महिनावारी भएको समयमा जान नपाउने अवस्था निरन्तर चलिरहेको डोल्पा मुड्केचुला गाउँपालिका–८ का विष्णु सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सदरमुकाममा हल्ला गर्दैमा ग्रामीण क्षेत्रमा सबै परिवर्तन हुँदैन, हाम्रो ठाउँमा कसले सचेतनाका कार्यक्रम गर्छ र सबैले थाहा पाउन ।” उहाँ जस्तै अधिकांश गाउँका महिलाहरु पुरुषका कारण हेपिएका छन् । उनीहरु सामाजिक कुसंकारका रुपमा रहेको परम्परालाई तोड्न खोज्दा अलछिना भनेर पगरी गुथाएर अपहेलना हुँदै आएको पञ्च भयार मावि नलगाड नगरपालिका–८ का शिक्षिका नन्दा शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “परम्पराका नाममा ठूलो ज्यादती रहेको छ, गोठ भत्काएको खबर त सुनियो तर मनमा विगतदेखि पत्थर भएर बसेको परम्परालाई मनबाट हटाउन जरुरी छ ।”

राज्यको मात्र दायित्व नभई सबै सचेत नागरिकले समाजमा भएका गलत मान्यतालाई हटाउनका लागि सङ्गठित भएर लाग्नुपर्ने नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । उहाँका अनुसार जनयुद्धमा समेत यस्ता खालका विकृति हटाउने सबै खालका कारवाही गरिएको थियो, सो समयमा छाउगोठ बस्ने, छुवाछूत व्यवहारहरु हटाउनका लागि जनकारवाहीसम्म गर्ने गरी यसको न्यूनीकरण गरिएको थियो । उहाँले अहिले समाज खुल्ला छ, जसले जे गरे पनि मतलब छैन भन्नुभयो । कुसंस्कारको विरुद्धमा बोल्ने जो कोही अहिले परम्पराको विरोधी देखिन्छ , त्यसैले सबैजना सङ्गठिन भएर गलत संस्कारका विरुद्ध एकजुट भएर लागे यस्ता खालका गतिविधि शून्यमा झार्न सकिन्छ । जाजरकोट, डोल्पाका अधिकांश गाउँमा अहिले पनि सञ्चारमाध्यमको पहुँच नहुँदा त्यहाँ सचेतनाका कार्यक्रमले छुन सकेको छैन ।