• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

अस्पतालकै कर्मचारीले विरामीहरुलाई नीजि अस्पताल पठाउने: मन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा विरामीहरुलाई नीजि अस्पताल पठाउने गरेको पाइएको बताउनुभएको छ ।

कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा स्वस्थ्यमन्त्री ढकालले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा विरामी नीजि अस्पताल पठाउने गरेको पाइएको बताउनुभएको हो । आस्थाको केन्द्र अस्पताल भएपनि आफै विरामी भयो भने विरामीहरुको हालत स्वभाविक रुपमा निको नहुने भन्दै ढकालले उपचारका लागि सरकारी अस्पतालमा आउने विरामीलाई नीजिमा पठाउने गरिएको बताउनुभयो । ‘धेरै अस्पतालमा विरामीहरु सुरुमा सरकारीमा आउँछन् । बिचको अवधिमा काजमा बाहिर जान्छन् । फेरी सरकारी अस्पतालमै आउँछन भन्ने कुरा सुनेको छु’, उहाँले भन्नुभयो, ‘जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकसम्मको मिलेमतोमा सरकारीबाट अर्को ठाउँमा पुर्याए बाफत कमिसन लिन्छन र विरामी त्यही थला पर्छ । अन्तिममा फेरी बिरामी पार नलागेपछि सरकारी अस्पतालमै काज फिर्ता गराउँछन् ।’

मन्त्री ढकालले चिकित्सकहरुको आचरण र व्यवहारमा सुधार गर्न सकेमात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने बताउनुभयो । नीजि क्लिनिकहरुको घेराबन्दीमा अस्पताल पर्नु राम्रो नभएको मन्त्री ढकालले बताउनुभयो ।

उहाँले कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने र औषधि खरिदबिक्रिमा हुने कमिसनको खेल अन्त्य गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

मन्त्री ढकालले आफ्नो कार्यकालमा मेडिकल काउन्सिललाई पूर्णता दिएको, नर्सिङ काउन्सिलमा एक सदस्यबाहेक सबैमा पदपूर्ति गरेको बताउनुभयो । कर्मचारी समायोजन र केही संरचनागत कुराहरु पुरा गर्नुपर्ने दायित्व आफ्नो रहेको बताउँदै मन्त्री ढकालले सबै पक्षबाट सहयोगको अपेक्षा समेत गर्नुभयो ।