१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाधार निर्माण विकासमा सडक विभाग र टेलिकमबीच सहकार्य



अ+ अ-

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र नेपाल टेलिकमबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणका क्रममा सहकार्य गर्ने समझदारी भएको छ । समझदारी पत्रमा सडक विभागका महानिर्देशक केशव कुमार शर्मा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार सडक विभागबाट सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरु बिछ्याइने भएको छ ।

यस्ता डक्ट बिछ्याउनका लागि आवश्यक पर्ने रकम सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागत अनुसार गरिने शिल कोटेशन वा बोलपत्र बमोजिम निक्र्र्यौल भएको दररेट बमोजिम नेपाल टेलिकमले सडक विभागलाई भुक्तानी जनाइएको छ ।