१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको प्रतिवेदनबारे बाबुरामको टिप्पणीः अबोध कार्यकर्ता केही वर्ष अरु झुक्किने भए, शुभकामना !



file photo
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको टिप्पणी गरेका छन्।

आइतबारदेखि काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनमा प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामको राजनीतिक प्रतिवेदन पेश गरेका थिए। 

सोही प्रतिवेदनबारे पूर्व माओवादी समेत रहेका भट्टराईले टिप्पणी गरेका हुन्। प्रतिवेदनमा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको भएको उनले टिप्पणी गरेका छन्। प्रतिवेदनले फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्ने र अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने उनको भनाई छ।