५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

१२२ चिनियाँलाई नेपालमा चार वर्ष प्रतिबन्ध, चार्टर विमानबाट चीन फर्काइँदै

१२२ चिनियाँलाई नेपालमा चार वर्ष प्रतिबन्ध, चार्टर विमानबाट चीन फर्काइँदै
अ+ अ-

काठमाडौं । राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई चार वर्ष नेपाल आउन प्रतिबन्ध लगाइएको छ । पर्यटक भिसा दुरुपयोग गरेको, संदिग्ध गतिविधि र राहदानीबिनै बसेको आरोपमा उनीहरूलाई अध्यागमन विभागले चार वर्षको प्रतिवन्ध लगाएको हो । ७ पुसमा बूढानीलकण्ठ, बालाजुलगायतका क्षेत्रबाट पक्राउ परेकालाई बुधबार स्वदेश फिर्ता पठाइने भएको छ । त्यसका लागि नेपालस्थित चिनियाँ दूतावासले समेत आवश्यक सबै प्रक्रिया पूरा गरेको छ ।

अनुसन्धानपछि मंगलबार विभागले १ सय २२ जनालाई नै अध्यागमन ऐनको दफा ९ को उपदफा १ (क) अनुसार चार वर्ष नेपाल आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ । जसमा महानिर्देशकले सरकारको स्वीकृति लिई अवधि तोकी वा नतोकी निष्कासन गर्न सक्ने उल्लेख छ । यसैगरी ८८ जनालाई जनही एक हजार रुपैयाँ र ३४ जनालाई जनही दुई हजारका दरले जरिवाना लगाइएको छ । ‘चिनियाँ नागरिकलाई पर्यटक भिसा दुरुपयोग, संदिग्ध गतिविधि र राहदानीबिनै बसेको आरोपमा दोषी देखाउँदै ४ वर्षका लागि निष्कासन गर्ने निर्णय भएको छ,’ अध्यागमन स्रोतले भन्यो ।

भिसा र राहदानी नभएकाहरूका लागि आवश्यक कागजपत्र चिनियाँ दूतावासमार्फत् प्राप्त भएको र उनीहरूलाई नेपालको अध्यागमन ऐनअनुसार कारबाही प्रक्रिया पूरा गरिएको विभागले जनाएको छ । पक्राउ परेकामध्ये ९१ जनासँग राहदानी नै छैन । उनीहरूलाई बुधबार साँझ चीन फिर्ता पठाइने तयारी रहेको अधिकारीहरू बताउँछन् । विमानस्थल स्रोतका अनुसार चिनले चार्टर गरेको विमान बुधबार अपराह्न तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ ।

वायुसेवा कम्पनी चाइना इस्टर्नले एउटा चार्टर विमान अवतरणका लागि नागरिक उडड्यन प्राधिकरणसँग अनुमति माग गरेको छ । प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीका अनुसार अपरान्ह तीन बजे विमानस्थलमा अवतरण गरेर साँझ ६ बजे फर्कने समय सो विमानलाई दिएको जानकारी दिए । ‘विमान केका लागि आउन लागेको हो भन्ने कुरा त थाहा भएन, तर चाइना इस्टर्नले चार्टर्ड फ्लाइट गर्ने अनुमति लिएको छ’, उनले भने ।

सुरुआती जानकारीअनुसार दुई वटा विमान काठमाडौं आउने बताइए पनि मंगलबारसम्म १३२ सिट क्षमताको विमानले मात्र उडान अनुमति मागेको छ । विमान छोटो समयमै फर्किने हुँदा विमानका चालकदलका सदस्यहरू विमानबाट ओर्लिने सम्भावना कम भएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । यता, विभाग स्रोतले दिएको जानकारीअनुसार चाइना इस्टर्नमा ४२ जना बुधबार साँझ ७ बजेर १५ मिनेटमा तथा ८० जना चाइना साउदर्नबाट पौने ८ बजे चीन फिर्ता हुँदैछन् । नेपालमा बसेर चीनमा अनलाइन जुवा, बैंकिङ कसुर कारोबारमा संलग्न उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए ।

प्रहरीको लापरबाहीका कारण संगठित गिरोहका नाइके भने उम्किन सफल भएका छन् । यद्यपि उनीहरूको खोजी भईरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रशासन काठमाडौंले भने जनही १/१ हजार जरिवाना गरेर छाड्न आदेश गरेको थियो । सो आदेशलगत्तै प्रहरीले सबैलाई अध्यागमन विभागको जिम्मा लगाइएको थियो । पक्राउ परेका चिनियाँ नागरिकहरूले नेपालको अध्यागमन कानुनको मात्रै उल्लंघन गरेको हुँदा उनीहरूलाई नेपालमै कारबाही गर्ने आधार नरहेको प्रहरीको भनाइ छ ।

तोकिएको समयभन्दा बढी बसेको वा पर्यटक भिसा लिएर अन्य काममा लागेको देखिएकाले उनीहरूलाई अध्यागमनको जिम्मा लगाइएको प्रहरीको तर्क छ । नेपालको अध्यागमनसम्बन्धी कानुनको अवज्ञा गरेको अभियोगमा विभागले सन् २०१९ मा मात्र ६ सय ४० जनालाई नेपालबाट फिर्ता पठाएको थियो । सौर्य दैनिकबाट