२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह

निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह
अ अ+ अ-

काठमाडौँ । नेपालको भौतिक पूर्वाधार निर्माणको मेरुदण्ड मानिने निर्माण उद्योग हाल चरम संकटबाट गुज्रिरहेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघ ले सोमवार मागपत्र जारी गर्दै मुलुकभर झन्डै ३० हजार आयोजनाहरू अलपत्र अवस्थामा रहेको र राज्यको अदूरदर्शी नीतिका कारण निर्माण क्षेत्र कोल्याप्स हुने अवस्थामा पुगेको चेतावनी दिएको छ ।

महासंघले हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहद्वारा धनगढीमा आयोजित चुनावी सभामा निर्माण व्यवसायीप्रति लक्षित ‘रुखमा बाँध्ने, बाटोमा सुताउने र खोरमा हाल्ने’ भनी दिनुभएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघका महासचिव रोशन दाहालले बताउनु भयो ।

फागुन ६ गतेको उक्त अभिव्यक्तिलाई महासंघले ‘सस्तो लोकप्रियताका लागि गरिएको निकृष्ट र गैर–जिम्मेवार’ कदम भन्दै यसले ३० हजार व्यवसायीको मानमर्दन गरेको ठहर गरेको छ ।

महासंघका महासचिव दाहालले भन्नुभयो, ‘इन्जिनियरिङ पृष्ठभूमि भएका जिम्मेवार नेताबाट वास्तविक समस्याको पहिचान नगरी व्यवसायीलाई मात्र दोषी देखाउनु खेदजनक छ । यसप्रति अविलम्व सार्वजनिक माफी माग्न हामी जोडदार माग गर्दछौँ ।’

३० हजार आयोजना अलपत्रः मुख्य कारण ‘बजेटको अनिश्चितता’

महासंघकाअनुसार वि.सं. २०७३/७४ पछि सरकारले विना अध्ययन र विना स्रोत सुनिश्चितता करीव १९ खर्ब रुपैयाँ बराबरका १ लाखभन्दा बढी आयोजनाहरू घोषणा ग¥यो । तर हाल ६ खर्बभन्दा बढीको दायित्व सिर्जना भइसक्दा पनि बजेट अभावका कारण ३० हजारभन्दा बढी आयोजनाहरू ‘अलपत्र’ अवस्थामा छन् ।
मेलम्ची खानेपानी, नागढुङ्गा सुरुङ मार्ग र फास्ट ट्र्याक जस्ता राष्ट्रिय गौरवका आयोजनाहरूको काम समेत सुस्त हुनुमा व्यवसायीभन्दा पनि सरकारी ऐन–नियम र भुक्तानीको अभाव मुख्य बाधक रहेको महासंघको दाबी छ ।

अर्थतन्त्रमा गम्भीर धक्का

निर्माण क्षेत्रमा आएको मन्दीले सिमेन्ट, डण्डी, इँटा र बालुवा जस्ता निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूमा प्रत्यक्ष नकारात्मक असर परेको छ । यसले गर्दा सरकारको राजश्व संकलनमा भारी गिरावट आएको र २५ लाखभन्दा बढीलाई रोजगारी दिइरहेको यो क्षेत्र संकटमा पर्दा समग्र मुलुकको अर्थतन्त्र नै जोखिममा परेको बताउनु भयो ।

महासंघले निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउन माग गर्दै बिना तयारीका आयोजना बन्द गर्न आग्रह गरेको छ । स्रोत सुनिश्चित नभएका र अध्ययन विनाका आयोजनालाई बजेटमा समावेश नगर्न र कुल बजेटको ४० प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गर्न माग गरिएको छ । २. सार्वजनिक खरिद ऐन संशोधनः ऐनको दफा ५९ संशोधन गरी नियतवश नभई प्राविधिक कारणले ढिला भएका आयोजनाको ठेक्का तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया बन्द गर्नुपर्ने, ‘लो बिडिङ’ को अन्त्यः १५ प्रतिशतभन्दा बढी घट्ने बोलपत्रलाई निरुत्साहित गर्नुपर्ने र एक व्यवसायीले ५ वटाभन्दा बढी प्याकेज लिन नपाउने व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने माग गरेको छ । महासंघले भुक्तानीको सुनिश्चितताः व्यवसायीहरूको अर्बौँ रुपैयाँ भुक्तानी बाँकी रहेकोले मासिक रूपमा एलएमबिआइएस प्रणालीमार्फत सहज भुक्तानीको व्यवस्था मिलाउन माग गरेको छ ।  १ करोडसम्मको काम उपभोक्ता समितिमार्फत गराउने हालको व्यवस्थाले भ्रष्टाचार र गुणस्तरहीनता बढाएको भन्दै यसलाई १० लाखमा झार्न माग गरिएको छ । आयोजना स्थलमा निर्माण व्यवसायी र उपकरणमाथि हुने भौतिक आक्रमण र धम्की रोक्न सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग महासंघको छ ।

निर्माण व्यवसायीहरूले आफूहरूलाई मात्र ‘भिलन’ देखाउने राजनीतिक प्रवृत्ति अन्त्य गरी नीतिगत सुधारमा केन्द्रित हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । आगामी संसद बैठकबाटै ‘एकीकृत निर्माण उद्योग ऐन’ तर्जुमा नगरे निर्माण क्षेत्र पूर्ण रूपमा धराशयी हुने र त्यसको प्रत्यक्ष असर मुलुकको विकासमा पर्ने निश्चित देखिएको महासंघको भनाइ छ ।