२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिकन प्लेयर अफ दी ईयरमा ‘माने’



अ+ अ-

लिभरपुल तथा सेनेगलका फरवार्ड २७ बर्षिय साडियो माने अफ्रिकन प्लेयर अफ दी ईयर घोषित भएका छन् । उनी मोहमद सलाहा र रियाद महरेजलाई पछाडी पार्दै अफ्रिकन बर्ष खेलाडीमा चुनिएका हुन् । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन मानेले पुरै सिजन सबै प्रतियोगितामा ३० गोल गरेका थिए । उनले यसै बर्ष मात्र १५ गोल गरेका छन् । प्रिमियर लिगमा लिभरपुलले १३ अंकको अग्रता लिएको छ ।

क्लब तालिकाको शीर्ष स्थानमा बलियो बनेर बसेको छ । उनले आफु निकै खुसी र गर्वको महशुश गरेको र फुटबल आफ्नो कर्म भएको र यसलाई सधै माया गरिनै रहने पनि बताएका छन् ।
उनले भने ‘म मेरो परिवार, राष्ट्रिय टिम, सहकर्मी अफिसियल, लिभरपुल क्लबप्रति आभारी छु । यो मेरा लागि निकै ठुलो दिन हो ।’ पछिल्लो तीन बर्षको शीर्ष तीन खेलाडीको सुचिमा माने पर्दै आएका छन् ।

अफ्रिकन बर्ष खेलाडीको अवार्ड पाउने माने सेनेगलका दोस्रो खेलाडी हुन् । उनीअघि लिभरपुल तथा सेनेगलका पूर्व फरवार्ड एल हदजी डिउफले सन् २००२ मा सो अवार्ड प्राप्त गरिसकेका छन् । यता महरेजले भने वर्ष गोलको अवार्ड हात पारेका छन् ।