१५ असार २०८३, सोमबार
,
Latest
नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा भएको सवारी दुर्घटनाप्रति कांग्रेसबाट दुःख व्यक्त, घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह



अ+ अ-

काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको जनधनको क्षतप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

आज बिहान करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ५ भैँसीगौडा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु र २६ जना घाइते भएको दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गरेका हुन् ।

सभापति थापाले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्मा शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका हुन् ।

उनले घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रहसमेत गरेका छन् ।

कांग्रेसले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरूको गहिरो अध्ययन गरेर यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न गराउन सरकारको ध्यानाकृष्टसमेत गरेको कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।