३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिकन प्लेयर अफ दी ईयरमा ‘माने’



अ+ अ-

लिभरपुल तथा सेनेगलका फरवार्ड २७ बर्षिय साडियो माने अफ्रिकन प्लेयर अफ दी ईयर घोषित भएका छन् । उनी मोहमद सलाहा र रियाद महरेजलाई पछाडी पार्दै अफ्रिकन बर्ष खेलाडीमा चुनिएका हुन् । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन मानेले पुरै सिजन सबै प्रतियोगितामा ३० गोल गरेका थिए । उनले यसै बर्ष मात्र १५ गोल गरेका छन् । प्रिमियर लिगमा लिभरपुलले १३ अंकको अग्रता लिएको छ ।

क्लब तालिकाको शीर्ष स्थानमा बलियो बनेर बसेको छ । उनले आफु निकै खुसी र गर्वको महशुश गरेको र फुटबल आफ्नो कर्म भएको र यसलाई सधै माया गरिनै रहने पनि बताएका छन् ।
उनले भने ‘म मेरो परिवार, राष्ट्रिय टिम, सहकर्मी अफिसियल, लिभरपुल क्लबप्रति आभारी छु । यो मेरा लागि निकै ठुलो दिन हो ।’ पछिल्लो तीन बर्षको शीर्ष तीन खेलाडीको सुचिमा माने पर्दै आएका छन् ।

अफ्रिकन बर्ष खेलाडीको अवार्ड पाउने माने सेनेगलका दोस्रो खेलाडी हुन् । उनीअघि लिभरपुल तथा सेनेगलका पूर्व फरवार्ड एल हदजी डिउफले सन् २००२ मा सो अवार्ड प्राप्त गरिसकेका छन् । यता महरेजले भने वर्ष गोलको अवार्ड हात पारेका छन् ।