५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ बस दुर्घटनाः छानबिन गर्न समिति गठन गर्ने निर्णय



अ+ अ-

काठमाडौँ । धादिङमा आइतबार राति भएको बस दुर्घटनाबारे गृह मन्त्रालयले औपचारिक छानबिन अघि बढाउने निर्णय गरेको छ।

ठूलो जनधनको क्षति भएका कारण मन्त्रालयले उच्चस्तरीय बैठक बसेर घटनाको तथ्यगत अध्ययन गरी प्रतिवेदन पेश गर्ने उद्देश्यसहित छानबिन समिति गठन गर्ने निष्कर्ष निकालेको हो।

बैठकमा गृहमन्त्री ओम प्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघका प्रतिनिधि, तीनवटै सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको बताइएको छ।

प्रारम्भिक विवरण अनुसार पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा राति करिब १ बजे सडकबाट तल खसेर त्रिशूली नदी किनारमा पुगेको थियो।

दुर्घटनामा १८ जनाको ज्यान गएको पुष्टि भएको छ। घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा एक जनाको निधन भएको छ। घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। प्रहरीका अनुसार नेशनल अस्पतालमा १० जना, ट्रमा सेन्टरमा १५ जनामध्ये एक जनाको मृत्यु भएको र बाँकी १४ जनाको उपचार जारी रहेको छ।